नागरिकता विधेयकप्रति लीलामणि पौडेलको आपत्ति, राष्ट्रियसभालाई रोक्न सुझाव – Janadesh Daily | ePaper

नागरिकता विधेयकप्रति लीलामणि पौडेलको आपत्ति, राष्ट्रियसभालाई रोक्न सुझाव


पूर्वमुख्यसचिव लिलामणि पाैडेलले विधि मिचेर प्रतिनिधिसभाबाट नागरिकता विधेयक पास गराइएकाे भन्दै आपत्ति जनाएका छन् । संसदीय समितिकाे सिफारिस उल्ट्याएर नयाँ विधेयक पेस गरिएकाे र दफाबार छलफलमा नपठाई पारित गरिएकाे भन्दै उनले आपत्ति जनाएका हुन् । विधेयकलाई राष्ट्रियसभाले राेक्नुपर्नेमा उनले जाेड दिएका छन् ।

शुक्रबार प्रतिनिधिसभाले पारित गरेकाे विधेयकबारे मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् । यही क्रममा पूर्वमुख्यसचिव पाैडेलले ट्वीट गर्दै हठात विधेयक पारित गरिएकाे बताएका हुन् । आफूलाई वैकल्पिक शक्ति भन्न रूचाउने नयाँ दल र अहिलेका नेताकाे विकल्प भन्दै स्वतन्त्र उम्मेदवारी घाेषणा गर्नेहरूले नागरिकताजस्ताे राष्ट्रकाे सर्वाेपरी चासाेकाे विषयमा नबाेलेकाे उनकाे गुनासाे छ ।

सामाजिक सञ्जालमा उनले लेखेका छन् -‘२ वर्षसम्म संसदीय समितिमा छलफल गरेर समितिको सुझावसहित सदनमा पुगेको नागरिकता जस्तो संवेदनशील विधेयक एकाएक फिर्ता लिएर सरकारले संसदीय समितिका सिफारिस उल्टाएर नयाँ विधेयक पेश गर्नु र नयाँ विधेयक समितिमा दफावार छलफलमा नपठाइ ‘हुन्छ र हुन्न’ भन्दै पास गर्नु आपत्ति जनक छ। दलहरूको विकल्प भन्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने र वैकल्पिक शक्तिको चाहना राख्ने नयाँ दलहरूले नागरिकता जस्तो राष्ट्रको सर्वोपरि चासोको विषयमा आफ्नो धारणा सार्वजनिक गर्दैनन् भने उनीहरू सदनमा जानुको औचित्य पुष्टि हुदैन।’ पौडेलले यस विधेयक राष्ट्रिय सभाले फिर्ता गर्नुपर्ने पनि बताएका छन् ।

उनी अगाडि लेख्छन् -‘विधेयक राष्ट्रिय सभाले फिर्ता गरोस् ! विधेयकलाई सार्वजनिक बहसमा ल्याएर आम नागरिकले पनि विधेयकका बारेमा आफ्नो विचार संसदमा अभिलेख गर्न सक्ने र समितिमा पुन छलफल गराइ सुझाव लिएर सांसदले लिखित मै आफ्नो मत स्वतन्त्र ढङ्गले राख्न पाउने गरी पारदर्शी मत विभाजन गराएर विधेयक पास गराउ सरकार !’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्