राप्ती इञ्जिनिरिङ कलेजका विद्यार्थीलाई बिदाइ – Janadesh Daily | ePaper

राप्ती इञ्जिनिरिङ कलेजका विद्यार्थीलाई बिदाइ


घोराही,  दाङ। दाङको घोराहीमा रहेको राप्ती इन्जिनियरिङ कलेजले व्याचुलर तर्फ विई सिभिल र विसिए सातौं व्याचमा भर्ना भएका विद्यार्थीहरुलाई बिदाइ गरेको छ । कलेजले शनिबार घोराही — १५ मा रहेको भिङग्रली भिलेजमा एक कार्यक्रमको आयोजना गरी उक्त विद्यार्थीहरुलाई विदाइ गरेको हो ।

May be an image of 6 people, people sitting, people standing and indoor
बिदाइ कार्यक्रममा बोल्दै घोराही उप–महानगरपालिकाका योजना महाशाखा प्रमुख सिनियर डिभिजन इञ्जिनियर ई–युवराज पौडेलले मुलुकमा इञ्जिनियरिङ शिक्षाको क्षेत्रमा निजी क्षेत्रले अहम भुमिका रहेको बताए ।May be an image of 4 people, people sitting and people standing

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पौडेलले प्राविधिक शिक्षाको माग पछिल्लो समयमा अत्यधिक बढिरहेकाले आफूमा भएको सीपको सहि प्रयोग गरी समाज र राष्ट्रको लागि स्मरणिय काम गर्न आग्रह गरे । ‘हामीलाइ बिक्ने शिक्षा चाहिएको छ, त्यो प्राविधिक शिक्षा हो उनले भने त्यस अर्थमा प्राविधिक शिक्षालाई अब गाउँ बस्तीसम्मै लैजान आवश्यक छ ।’

देशले विकासको गति पक्डदै गरेको बर्तमान अवश्थामा सुचना प्रविधि र सिभिल इन्जिनियरिड.को माग आगामी दशकौसम्म रहने छ । विदेशबाट ल्याएर जनशक्ति प्रयोग गर्नु पर्ने हालको अवस्थामा स्वदेशमै उत्पादित जनशक्तिले स्थान पाउन सक्नु राम्रो पक्ष रहेको उहाले बताउँनु भयो ।

May be an image of 4 people, people standing, balloon and indoor
त्यस्तै राप्ती इञ्जिनियरिङ कलेजका सञ्चालक समितिका अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले हाम्रा उत्पादनहरु मुलुकभर फैलिइसकेको बताए । उनले लुम्विनी प्रदेशमा कम्तिमा पनि ९० प्रतिशत प्राविधिक जनशक्ति हाम्रै उत्पादनले थेगेको स्पष्ट पारे । कलेजबाट उत्पादित विद्यार्थीहरु विभिन्न सरकारी गैरसरकारी क्षेत्रमा कार्यरत रहेको बताउँदै उनले प्राविधिक शिक्षाको सपना अहिले आएर पुरा हुँदै गरेको स्मरण गरे ।

ज्ञानमा आधारित शिक्षा मात्र नभएर धरै भन्दा धेरै प्रयोगात्मक शिक्षामा जोड दिनु आवश्यक छ। मध्ययम तथा उच्च दक्ष जनशक्ति उत्पादन गर्दै आई रहेको यस कलेजले शैक्षिक र सामाजिक रुपान्तरणमा समेत अहम भूमिका खेलेको कुरा जगजाएर नै छ, उनले भने ।

साथै अब शिक्षालाई सामाजिक रुपान्तरणको अभियानमा जोड्न आफुहरु लागेको र राप्ती इञ्जिनियरिङबाट प्राविधिक शिक्षा लिएका विद्यार्थीहरुले कलेज विश्वविद्यालय, समाज र राष्ट्र भावना अनुरुप काम गनुपर्नेमा जोड दिए ।May be an image of 3 people, people standing, balloon, indoor and text that says 'College Rapti Engineering aniambapur, Sarra, 857837255 Ghorahi rec.edu.np. Farewell Program BE Civil BCA 2017 Batch Dae:- 07 Shrawan 2079 [23 July,'

त्यसैगरी राप्ती इञ्जिनियरिङ कलेजका प्रवन्ध निर्देशक डा. भिमसेन गिरीले विद्यार्थीको सिकाई निरन्तर रुपमा चल्ने भएकोले सिकाई क्रियाकलापलाई सहि प्रयोग गरी रोजगारी सिर्जना गर्नमा प्रयोग गर्न आग्रह गरे । हामीमा सकारात्मक सोच भएमा मात्र जीवन सार्थक हुन सक्छ । शिक्षण शिकाईमा पनि साकात्मक सोच राखेर अगाडी बढन सबैलाई आग्रह गर्नु भयो ।जीवनलाई अलमल होइन मलमल बनाउँन सके भविष्य उज्जल हुने कुरामा जोड दिनुभयो ।

हामीमा सकारात्मक सोच भएमा मात्र जीवन सार्थक हुन सक्छ । शिक्षण शिकाईमा पनि साकात्मक सोच राखेर अगाडी बढन सबैलाई आग्रह गर्नु भयो ।May be an image of 4 people and people standing

उक्त अवसरमा विई सिभिल र विसिए छैठौँ सेमेष्टरका विद्यार्थीहरुले नृत्य, कविता, मुक्तक, गजल प्रस्तुत गरेका थिए ।May be an image of 5 people, people sitting, people standing and indoor

राप्ती इञ्जिनियरिङ कलेजका सञ्चालक समितिका अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीको अध्यक्षता एवं घोराही उप–महानगरपालिकाका योजना महाशाखा प्रमुख सिनियर डिभिजन इञ्जिनियर ई–युवराज पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कलेजका प्रवन्ध निर्देशक डा. भिमसेन गिरी लगायतको उपस्थिति रहेको थियो ।May be an image of 5 people and people standing

एकेडेमिक कोर्डिनेटर एवं विई सिभिल विभागीय प्रमुख बावुराम जोशीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विसिए विभागका विभागिय प्रमुख विश्वबन्धु थापाले गरेका थिए ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्