एलेन मस्कले गुगल संस्थापककी पत्नी शनाहानसँग सम्बन्ध राखेकै हुन् ? ट्वीटरबाट दिए यस्तो जवाफ – Janadesh Daily | ePaper

एलेन मस्कले गुगल संस्थापककी पत्नी शनाहानसँग सम्बन्ध राखेकै हुन् ? ट्वीटरबाट दिए यस्तो जवाफ


जनादेश अन्तर्राष्ट्रिय वाच।

संसारकै सर्वाधिक सम्पत्तिका मालिक एवं टेस्ला कम्पनीका मालिक एलन मस्कले गुगलका सह सस्थापक सेर्गेइ ब्रिनकी पत्नी निकोल शानाहानसँग अनुचित सम्बन्ध रहेको चर्चा अस्विकार गरेका छन् । शनाहानसँगको अफिेयरकै कारण सेर्गेइसँग मस्कको मित्रता टुटेको भनी वाल स्ट्रिट जर्नमा समाचार छापिएपछि मस्कले यस्तो प्रष्टीकरण दिएका हुन् ।

ट्वीटरमा पोस्ट गरिएको उक्त समाचारको लिंकमा कमेन्ट गर्दै मस्कले त्यो समाचार पूर्ण रुपमा वाहियात रहेको बताएका छन् । साथै उनले सेर्गेइ ब्रिन र आफु अहिलेपनि राम्रो साथी रहेको र अघिल्लो राति सँगै एक पार्टीमा सहभागी भएको उल्लेख गरेका छन्। तर वालस्ट्रिट जर्नलले भने उक्त घटनासँग जानकार मानिसहरुको हवाला दिँदै मस्क र शानाहानबीच गत वर्ष छोटो अफेयर चलेको दाबी गरेको छ । मस्कसँग आफ्नी पत्नीको विवाहेत्तर सम्बन्धकै कारण ब्रिन दम्पत्तिको सम्बन्धमा चिसोपना आएको र यो वर्षको सुरुमा मस्कले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका थिए ।

साथै उक्त घटनाले मस्क र ब्रिनबीचको लामो मित्रतामा पनि पूर्ण विराम लागेको थियो । ब्रिन र उनकी पत्नीबीचको सम्बन्ध विच्छेदको मुद्दा अहिले चलिरहेको छ र डिभोर्स पश्चात् ब्रिनले पत्नीलाई १ अर्ब डलर दिनेगरी सम्झौता हुनसक्ने बताइउको छ । मस्कले ट्वीटरमा लेखेका छन् : मैले तिन वर्षमा निकोललाई केवल दुई पटक मात्रै देखेको छु । दुवै चोटी धेरै मानिसहरुको बीचमा । त्यस्तो केही रोमान्टिक सम्बन्ध भएन ।

वालस्ट्रिट जर्नलका अनुसार अवैध सम्बन्धको हल्ला चलेको डिसेम्बर महिनामा ब्रिन र उनकी पत्नी छुट्टिसकेका थिए तरपनि सँगै बस्दथे । साथै उनले आफु र टेस्ला विरुद्ध वालस्ट्रिट जर्नलमा लगातार वाहियात कुराहरु लेख्ने गरेको पनि टिप्पणी गरेका छन् ।

गुगल संस्थापक ब्रिनकी पत्नी शनाहान क्यालिफोर्नियाकी वकिल तथा कानूनी प्रविधि कम्पनी क्लिएर एक्सेस आइपी तथा बिया इको फाउन्डेसनकी संस्थापक हुन् ।उक्त फाउन्डेसन एक जनकल्याणकारी संस्था हो जसले प्रजनन स्वास्थ्य तथा अधिकार, समानता, फौजदारी न्याय तथा स्वस्थ वातावरण लगायतका विषयमा का मगर्दछ । एजेन्सीको सहयोगमा

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्