राप्ती इञ्जिनियरीङ कलेजद्धारा डा. खेमराज मल्ल सम्मानीत – Janadesh Daily | ePaper

राप्ती इञ्जिनियरीङ कलेजद्धारा डा. खेमराज मल्ल सम्मानीत


May be an image of 7 people and people standing

जनादेश, दाड. । राप्ती इन्जिनियरीङ कलेजमा स्थापना कालदेखि नै गणित विषय अध्यापन गराउदै आउनु भएका डा। खेमराज मल्ललाई स्वागत तथा सम्मान गरिएको छ । मेवार विश्वविद्यालयबाट गणित विषयमा पिएचडी गर्नु भएकोले उपलक्षमा उहाँलाई कलेजले स्वागत तथा सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि टीकाराम उदासीले भन्नु भयो विद्यावारिधि गर्ने कुरा नेपालको सन्धर्भमा निकै चुनौतिको विषय हो । निकै ठुलो समयको लगानी र निरन्तर अध्ययनले मात्र सम्भव हुने कुरा हो । एक जना शिक्षकले विद्यावारिधि गरिदिदा आम विद्यार्थीको शिक्षण सिकाईमा सकारात्मक प्रभाव पर्दछ । पढने लेख्ने र सिक्ने बानीको विकास हुन्छ ।

राप्ती इञ्जिनियरीङ कलेज सञ्चालक समितिका अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले कार्यक्रममा बोल्दै भन्नु भयो सिकाई निरन्तरण रुपमा चलिरहने प्रक्रिया भएकोले समाजमा ख्याती प्राप्त गर्नका लागि आफ्नो रुचि अनुसारका क्रियाकलापहरुलाईसंगसंगै लैजान आवश्यक छ । डा. खेमराज मल्ल एक सृजनात्मक बहुआयामिक व्यातित्व हुनुका साथै उहाँ चित्रकला, गित, गजल र साहित्यका विभिन्न विधामा संलग्न रहेको र यसलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।

May be an image of 6 people, people sitting and people standing

सम्मानित व्यक्ति डा. खेमराज मल्लले कलेजले आफुलाई सिकाउने र सिक्ने अवसर प्रदान गरेको, कलेज संचालक, शिक्षक तथा कर्मचारीहरुको सहयोगले आफू विद्यावारधी गर्न सफल भएको बताउनु भयो । उहांले आफुले चित्रकला विधामा अन्तराष्ट्रिय स्तरका विभिन्न अवार्डहरु प्राप्त गरेको बताउदै आफूले तयार गरेका चित्रहरु कलेजलाई प्रदान गर्ने बताउनु भयो ।

May be an image of 6 people, people sitting and people standing

कार्यक्रममा प्रबन्ध निर्देशक, डा. भीमसेन गिरी, प्रिन्सिपल रेशम गिरी, विई सिभिल विभागिय प्रमुख ई बाबुराम जोशी लगायत उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण विसिए विभिगिय प्रमुख विश्वबन्धु थापाले गर्नुभएको थियो ।

May be an image of 2 people, people sitting, people standing and indoor

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्