काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला – Janadesh Daily | ePaper

काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला


काठमाडौँको तारकेश्वर नगरपालिका– २ काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् । काभ्रेस्थलीको पदमसालमा घर बनाएर बसेका गोरखा भीमसेन थापा गाउँपालिका–६ का ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीय सुनिता, १३ वर्षीय छोरी र ८ वर्षको छोरा मृत फेला परेका हुन् ।

नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले घरमुली पाण्डेले परिवारको हत्या गरेर आफूले पनि आत्माहत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिनुभयो ।“बिहान ८ बजे दिनेशकी छोरी विद्यालयमा नआएपछि छिमेकीमार्फत खबर गर्दा घरको झ्यालढोका बन्द रहेकाले प्रहरी र स्थानीय निकायलाई खबर गरेपछि घरमा गएर हेर्दा चारैजना मृत अवस्थामा फेला परेको पायौँ,”– उहाँले भन्नुभयो ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घटनास्थलमा प्रहरी टोली र चिकित्सकको टोली पुगेर अनुसन्धान गरिरहेको बताउनुभयो । उक्त भवनको सबै झ्याल र ढोकाभित्रबाट चुकुल लगाएको अवस्थामा रहेका उहाँको भनाइ थियो ।घटनास्थलमा बालाजुस्थित प्रहरी वृत्त, जिल्ला प्रहरी कार्यालय र काठमाडौँ उपत्यका अपराध अनुसन्धानको कार्यालयबाट खटिएका प्रहरीका साथै त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जबाट फरेन्सिक डा गोपाल चौधरी र डा आयुष उपाध्यायलगायत टोलीले अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।घटनाको बारेमा अनुसन्धान टोलीले कानुनी प्रक्रिया सुरु गरिसकेको जनाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्