अमेरिकालाई विप्लव समूहको चेतावनी- द्वन्द्व र अशान्ति पैदा गर्ने साम्राज्यवादी गतिविधि बन्द गर ! – Janadesh Daily | ePaper

अमेरिकालाई विप्लव समूहको चेतावनी- द्वन्द्व र अशान्ति पैदा गर्ने साम्राज्यवादी गतिविधि बन्द गर !


नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्को नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सभामुख न्यान्सी पेलोसीले चीनको चर्को विरोधका बाबजुद ताइवान भ्रमण गरेर साम्राज्यवादी चरित्र देखाएको आरोप लगाएको छ ।

बिहीबार नेपाल कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले एक विज्ञप्ति जारी गर्दै विश्वका सबैजसो देशहरूले ताइवानलाई चीनको भूभाग मानिरहेका सन्दर्भमा अमेरिकाले ‘एक चीन नीति’ विपरीत गतिविधि गरेको समेत टिप्पणी गरेको छ।

‘विश्वका सबैजसो देशहरूले ताइवानलाई चीनको भूभाग मानिरहेका सन्दर्भमा ‘एक चीन नीति’ विपरीत भएको यस्तो गतिविधिप्रति नेपाल कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभाग खेद प्रकट गर्दछ,’ विभाग सचिव आमुलले जारि गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै अमेरिकालाई विभिन्न बहानामा द्वन्द्व र अशान्ति पैदा गर्ने साम्राज्यवादी गतिविधि रोक्न आग्रह गर्दछ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्