के हुन्छ आजको बैठकमाः सत्तारुढ ५ दलका नेता जुट्दै – Janadesh Daily | ePaper

के हुन्छ आजको बैठकमाः सत्तारुढ ५ दलका नेता जुट्दै


जनादेश अपडेट।

सरकारले चुनाव घोषणा गरेपछि सत्ता गठबन्धनको बैठक बस्दैछ। बैठक आज शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरि बोलाइएको छ।

बैठकमा आगामी निर्वाचनको सिट बाँडफाँडबारे छलफल हुनेछ। यसअघि सरकारले बिहीबार आउँदो मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरिसकेको छ। स्थानीय निर्वाचनमा पनि तालमेल गरेको सत्ता गठबन्धनले आउँदो निर्वाचनमा पनि त्यसलाई निरन्तरता दिने भएको छ। तर सिट बाँडफाँडको खाका भने तयार भइसकेको छैन। कांग्रेसले आफ्नो पक्षमा बहुमत आउने गरी गठबन्धन दलहरूसँग तालमेल गर्ने केन्द्रीय समिति बैठकबाट औपचारिक निर्णय गरिसकेको छ।

१६५ सदस्यी प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये आफूले ९५ सिट राखेर बाँकी ७० सिट गठबन्धनका अन्य दललाई दिने कांग्रेसको योजना छ। तर, माओवादी र एकीकृत समाजवादीले भने कांग्रेसबाहेकका चार दलले ८५ सिट पाउनुपर्ने माग गरेका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्