उपराष्ट्रपति पुनद्वारा भारतीय उपराष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना – Janadesh Daily | ePaper

उपराष्ट्रपति पुनद्वारा भारतीय उपराष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना


उपराष्ट्रपति नन्दबहादुर पुनले भारतका नवनिर्वाचित उपराष्ट्रपति जगदीप धनखडलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको छ ।

उपराष्ट्रपति पुनले आज शुभकामना सन्देश पठाउँदै भारतका नवनिर्वाचित उपराष्ट्रपतिको सफल कार्यकालको कामना गर्नुभएको हो ।

उपराष्ट्रपति पुनले सो सन्देशमा भारतका नवनिर्वाचित उपराष्ट्रपतिको कार्यकालमा नेपाल र भारतबीचको बहुआयामिक सम्बन्ध अझै सुदृढ तथा विस्तार हुने विश्वास व्यक्त गर्नुभएको उहाँका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्