समाजमा अहिले पनि नकारात्मक सोच र नकारात्मक कुरा गर्दा रमाइलो मान्ने मानिस छन् : प्रचण्ड – Janadesh Daily | ePaper

समाजमा अहिले पनि नकारात्मक सोच र नकारात्मक कुरा गर्दा रमाइलो मान्ने मानिस छन् : प्रचण्ड


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको निम्ति मर्छु भन्दा पनि सुख नपाइएको गुनासो गरेका छन् । जापान भ्रमणमा रहेका प्रचण्डले त्यहाँ रहेका नेपालीहरूलाई सम्बोधन गर्दै नेपालमा भने असाध्यै नकारात्मक सोच्ने मानिस रहेको भन्दै गुनासो गरेका छन् ।

जापानीहरूले पुरानो पीडा भुलेर देशलाई विकासको गतिमा अघि लगिसकेको उल्लेख गर्दै उनले नेपालमा भने देशको निम्ति मर्छु भन्दा पनि सुख नपाइएको बताए ।

उनले भने,’ हाम्रो समाजमा अहिले पनि नकारात्मक सोच राख्ने र नकारात्मक कुरा गर्दा रमाइलो मान्ने मानिस रहेका छन् । हिरोसिमामा बम हानेको ठाउँ मैले आज हेरेँ । यत्रो दुर्घटना र हत्या हुँदा जापानीको मनमा के होला ? मनोभावना कस्तो होला भनेर सोधेँ । तर जापानीहरूमा कुनै विद्वेष छैन । त्यो बेलाको परिस्थिति त्यस्तै थियो । अब हामीले मिहिनेत गरेर विकासमा केन्द्रित हुनुपर्छ भनियो ।’

संविधान जारी भएपछि दोस्रो पटक गत वैशाखमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको र आगामी मङ्सिरमा हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनले मुलुकलाई स्थिरतातर्फ लैजाने उनको भनाइ छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्