इजरायल र विद्रोही लडाकू समूहबीच युद्ध विराम गर्ने सहमती – Janadesh Daily | ePaper

इजरायल र विद्रोही लडाकू समूहबीच युद्ध विराम गर्ने सहमती


इजरायल र विद्रोही लडाकू समूहका बीचमा युद्ध विराम गर्ने सहमती भएको छ । सोमबार मध्यरातदेखि लागू हुनेगरी युद्ध विरामको सहमती भएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गर्नु भएको छ ।

लामो समयदेखि उनीहरुका बीचमा युद्ध चलिरहेको भएपनि पछिल्लो तीन दिन लगातार भिडन्त भएको थियो । भिडन्तमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको थियो । ठूलो क्षति र सर्वत्रको दवावपछि युद्ध विराम गर्न दुवै पक्ष सहमत भएका हुन् ।

इजिप्टका मध्यस्थकर्ताहरूको सहयोगमा युद्धविराम भएको खवर थाहा पाएपछि स्थानीय बासिन्दाले खुशीयाली मनाएका छन् । इजरायलबाट भइरहेको आक्रमण रोक्न इजिप्टले पहल गरेर युद्ध विरामको वातावरण बनाएकोमा इस्लामिक जिहादका प्रवक्ताले खुशी व्यक्त गरेका छन् ।

इजरायलले गत सोमवार राति इस्लामिक जिहादका प्रमुख भनिएका बसिम सादीलाई पक्राउ गरेपछि तनाव बढेको थियो । इरानले समर्थन गरेको इस्लामिक जिहाद समूह गाजामा सक्रिय सबैभन्दा बलियो विद्रोही समूह मानिन्छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्