काठमाडौंमा उच्च वर्षको चेतावनी, सतर्कताको सूचना – Janadesh Daily | ePaper

काठमाडौंमा उच्च वर्षको चेतावनी, सतर्कताको सूचना


जनादेश वेदर वाच।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गएरातिदेखि नै भारी वर्षा भएको छ । त्यसैले उपत्यकाका नदी तथा खोला किनारका स्थानीय र करिडोरको सडक प्रयोग गर्दा सतर्क हुनुपर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

“पछिल्लो तीनदेखि ६ घण्टामा काठमाडौं उपत्यकाको मनोहरा, गोदावरी खोला, वाग्मती, बिष्णुमती जलाधारको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ,” महाशाखाले बिहान ५ बजे सूचना जारी गर्दै भनेको छ, “सबै नदीमा जलसतह बढ्दो छ, मनोहरामा जलसतह सतर्कता आसपाससम्म पुग्न सक्छ । अर्को तीन घण्टा नदी किनारको सडक भई यात्रा गर्दा उच्च सतर्कता अपनाऔं ।”

यसैबीच, देशका विभिन्न भागमा आज बिहानैबाट वर्षा भइरहेको छ । आज बिहान गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा प्रदेश–१, वाग्मती प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । प्रदेश–१, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको समेत सम्भावना रहेकाले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन हुनसक्ने भएकाले सतर्कता अपनाउन विभागको आग्रह छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्