पूर्वी जेरुसेलममा इजरायली प्रहरीद्वारा प्यालेस्टिनीको हत्या – Janadesh Daily | ePaper

पूर्वी जेरुसेलममा इजरायली प्रहरीद्वारा प्यालेस्टिनीको हत्या


इजरायली सुरक्षाबलले सोमबार बिहान पूर्वी जेरुसेलममा अवस्थित एक घरमा छापा मार्ने क्रममा आफ्ना अधिकारीहरूलाई छुरा प्रहार गर्ने एक प्यालेस्टिनी व्यक्तिलाई मारेको बताएको छ ।

हाम्रा लडाकूहरूलाई छुरा प्रहार गर्ने एक संदिग्ध व्यक्तिलाई पुलिसले गोली प्रहार गरेको छ । मारिएका ती व्यक्ति २१ बर्षीय मोहम्मद अल–शाहम, पहिचान भएको आधिकारिक प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जानकारी दिएको छ ।

ती व्यक्तिको इजरायली सैन्य अस्पतालमा मृत्यु भएको जनाइएको छ । जेरुसेलम सीमा प्रहरीले काफ्र अकाब गाउँमा हतियारहरू खोजीका क्रममा छापा मारेको थियो ।

यो इजरायलले कब्जा गरेको पूर्वी जेरुसेलमको हिस्सा हो । मारिएका व्यक्तिका बुबा, इब्राहिम अल–शाहमले छोराको टाउकोमा गोली हानेको बताएका छन् ।

उनको मृत्युको घोषणा गर्नुअघि ४० मिनेटको लागि भुइँमा रगत बगाएर छोडेका बुबा इब्राहिमले दाबी गरेका छन् । प्रहरीले घरमा हतियार फेला पारेको हो वा होइन यस विषय केही जानकारी नभएको जनाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्