केन्याको राष्ट्रपतिमा नाटकीय रूपमा रुटो विजयी, आयुक्तले नै लगाए धाँधलीको आरोप – Janadesh Daily | ePaper

केन्याको राष्ट्रपतिमा नाटकीय रूपमा रुटो विजयी, आयुक्तले नै लगाए धाँधलीको आरोप


जनादेश अन्तर्राष्ट्रिय अपडेट।

केन्याको राष्ट्रपति चुनावमा नाटकीय रुपमा विलियम रुटो विजयी भएका छन् । यसअघि उपराष्ट्रपति रहेका रुटो राष्ट्रपतिमा विजयी भएको बीबीसीले जनाएको छ ।

आधिकारिक नतिजा अनुसार उनले आफ्नो प्रतिद्वन्द्वी राइला ओडिङ्गालाई ५० दशमलव ५ प्रतिशत मत ल्याई पराजित गरे । ओडिङ्गाको अभियानले झगडा र धाँधलीको आरोप लगाएपछि नतिजा घोषणामा ढिलाइ भएको थियो।

निर्वाचन आयोगका सात सदस्यमध्ये चार जना आयक्तले नतिजा अपारदर्शी भएको भन्दै समर्थन गर्न अस्वीकार गरेका छन् । स्वतन्त्र निर्वाचन र सीमा आयोग (आईईबीसी) का उपाध्यक्ष जुलियाना चेरेराले भनिन्, “हामीले आम निर्वाचनको अन्तिम चरणको अपारदर्शी प्रकृतिका कारण घोषणा हुन लागेको नतिजाको स्वामित्व लिन सक्दैनौं।” उनले नतिजालाई लिएर अदालत जान पनि असन्तुष्ट दललाई सुझाव दिएकी छिन्।

“हामी केन्यालीहरूलाई शान्त रहन आग्रह गर्दछौं। तर यो अपारदर्शी नतिजाको विरोधमा मानिसहरू अदालतमा जान सक्छन् र कानूनको शासन विजयी हुनेछ ।” उनले भनिन्। तर निर्वाचन आयोगका अध्यक्ष वफुला चेबुकाटीले धम्की आए पनि आफ्नो जिम्मेवारी पूरा गरेको बताए । “मैले यो देशको सेवा गर्ने सपथ लिएको छु र संविधान र देशको कानुन बमोजिम आफ्नो कर्तव्य पूरा गरेको छु, हामीले केन्यालीहरूलाई स्वतन्त्र निष्पक्ष र विश्वसनीय निर्वाचन सुनिश्चित गर्ने यात्रामा हिँडेका छौं। यो सजिलो यात्रा थिएन । अहिले मेरा दुई आयुक्त र सीईओ घाइते छन्।” उनले थपे।

पराजित भएका ओडिङ्गाको पार्टीले यसअघि चुनावमाअनियमितता र कु व्यवस्थापन भएको आरोप लगाएको थियो। पराजित भएको पार्टीले देशभर आन्दोलन चर्काएको छ । ५५ वर्षीय रुटो राष्ट्रपतिको उम्मेदवार बनेको यो पहिलो पटक हो । उनले १० वर्षसम्म उपराष्ट्रपतिको रूपमा काम गरेका छन् ।

आफ्नो मन्तव्यमा निर्वाचित राष्ट्रपति रुटोले निर्वाचनको अनुगमन गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद दिएका छन् । रुटोले आफू सबैको राष्ट्रपति बन्न र देशको भविष्यमा केन्द्रित हुन चाहेको बताए। “जसले हाम्रो विरुद्ध धेरै कुराहरू गरेका छन्, म उनीहरूलाई भन्न चाहन्छु कि डराउनु पर्दैन। हामीसँग पछाडि फर्केर हेर्ने समय छैन।” उनले थपे।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्