कम्प्युटर चिप्सले बढाएको ताइवानको ताकत – Janadesh Daily | ePaper

कम्प्युटर चिप्सले बढाएको ताइवानको ताकत


#मनोजराज रेग्मी । ताइवान भ्रमणको क्रममा ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कर्पोरेशन (टीएसएमसी) का अध्यक्ष मार्क लुईसँग अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले गरेको भेटघाटका बारेमा धेरैले वास्ता नै गरेनन्। पेलोसीको भ्रमणमा अमेरिका अत्यधिक रूपमा निर्भर रहेको विश्वकै सबैभन्दा ठूलो चिप निर्माता  टीएसएमसीलाई अमेरिकामा चिप उत्पादन प्लान्ट स्थापना गर्न र चिनियाँ कम्पनीहरूका लागि अत्याधुनिक चिप उत्पादन नगर्न आश्वस्त पार्ने प्रयास एकैसाथ तय गरिएको थियो।

इतिहासदेखि नै बेइजिङको कम्युनिस्ट शासनप्रति वाशिंगटनको विरोध र चीनद्वारा आफूमा सम्मिलित गरिएकोप्रति ताइवानले गरेको प्रतिरोधमा आधारित भएर ताइवानलाई अमेरिकाले समर्थन गर्दै आएको हो। तर हालका वर्षहरूमा सेमीकन्डक्टर उत्पादन बजारमा यस टापुको प्रभुत्वको कारण ताइवानको स्वायत्तता अमेरिकाको लागि महत्वपूर्ण भूराजनीतिक स्वार्थ बन्न पुगेको छ।

सेमीकन्डक्टरहरू – जसलाई कम्प्युटर चिप्स वा  चिप्स मात्र पनि भनिन्छ, यो हाम्रो जीवनमा प्रयुक्त सबै नेटवर्क उपकरणहरूको अभिन्न अंग हो। तिनीहरूको अत्याधुनिक  सैन्य प्रयोगहरू पनि छन्।

अत्यन्त द्रुत (सुपर–फास्ट) ५ जी को रूपान्तरणकारी इन्टरनेटले हरेक प्रकारका जडित यन्त्रहरू र नेटवर्किङमा आधारित नयाँ पुस्ताको  हतियार चलाउन सकिन्छ। यो कुरालाई ध्यानमा राखेर, अमेरिकी अधिकारीहरूले ट्रम्प प्रशासनको समयमा अमेरिकी सेमीकन्डक्टर डिजाइन कम्पनीहरू, जस्तै इन्टेल, आफ्ना उत्पादनहरूको निर्माणको लागि एशियामा रहेका आपूर्ति श्रृंखलाहरूमा अधिक निर्भर रहेको  महसुस गर्न थालेका थिए।

विशेषत:, सरल शब्दमा भन्दा सेमीकन्डक्टर उत्पादनको संसारमा ताइवान तेल उत्पादकहरूमा साउदी अरेबियाकोजस्तै हो। टीएसएमसीसँग विश्वव्यापी फाउन्ड्री बजार (अन्य देशहरूमा डिजाइन गरिएका चिप्स बनाउन  लागि अनुबन्ध भएका कारखानाहरू) मा ५३% बजार हिस्सा रहेको छ। ताइवानमा रहेका अन्य  निर्माताहरूले बजारको थप १०% रहेको दाबी गर्छन्।

परिणामस्वरूप बाइडेन प्रशासनको १००–दिनको आपूर्ति श्रृंखला समीक्षा प्रतिवेदनले भन्छ, “संयुक्त राज्य अमेरिकामा प्रयोग हुने अग्रणी चिप उत्पादन आयातमा एउटै कम्पनीमाथि धेरै निर्भर छ, त्यो हो टीएसएमसी।।” केवल टीएसएमसी र सामसुङ (दक्षिण कोरिया) ले सबैभन्दा अत्याधुनिक सेमीकन्डक्टर (पाँच न्यानोमिटर साइज) बनाउन सक्छ भन्ने तथ्यले “वर्तमान र भविष्यमा अमेरिकी राष्ट्रिय सुरक्षा र महत्वपूर्ण पूर्वाधार आवश्यकताहरूका लागि आपूर्ति गर्ने क्षमतालाई जोखिममा राख्छ। ”

यसको अर्थ  ताइवानसँग पुन:एकीकरण गर्ने चीनको दीर्घकालीन लक्ष्य अब अमेरिकी स्वार्थका लागि बढी खतरनाक छ। सन् १९७१ शाङ्घाई शासकीय सूचना (विज्ञप्ति) र सन् १९७९ ताइवान सम्बन्ध ऐनमा, संयुक्त राष्ट्र संघले मुख्य भूमि चीन र ताइवान दुवै ठाउँमा रहेका  मानिसहरूले “एक चीन” हो भन्ने विश्वास गर्छन् र तिनीहरू दुवै त्यसमा निहीत छन् भनेर मान्यता प्रदान गरेको छ। तर टीएसएमसी एक दिन बेइजिङद्वारा नियन्त्रित भूभागमा रहनेछ भन्ने कुरा अमेरिकाको लागि कल्पनाबाहिरको कुरा हुन सक्छ।

’प्रविधि युद्ध’

यस कारणले गर्दा, अमेरिकाले घरेलु चिप उत्पादन क्षमता बढाउन टीएसएमसीलाई अमेरिकामा आकर्षित गर्ने प्रयास गरिरहेको छ। सन् २०२१ मा, बाइडेन प्रशासनको सहयोगमा, कम्पनीले एरिजोनामा एउटा जग्गा किन्यो जसमा युएस फाउन्ड्री निर्माण गर्न सकिन्छ। यो सन् २०२४ भित्र  सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

अमेरिकी कांग्रेसले भर्खरै चिप्स र विज्ञान ऐन पारित गरेको छ, जसले अमेरिकामा सेमीकन्डक्टर उत्पादनलाई गर्न ५२ अरब अमेरिकी डलर (४३ अर्ब पाउन्ड) सम्म अनुदानमा उपलब्ध गराउँछ। तर चिप उत्पपादन कम्पनीहरूले  चिनियाँ कम्पनीहरूको लागि  अत्याधुनिक सेमीकन्डक्टर उत्पादन नगर्ने शर्तमा मात्र यो अनुदान  पाउँछन्।

यसको मतलब टीएसएमसी र अन्यले चीन र संयुक्त राज्य अमेरिकाको व्यवसायिक वातावरणमा मूल्यांकन गर्नुपर्ने हुन सक्छ किनभने अमेरिकामामा  सरकारी अनुदानविना उत्पादन लागत अत्यन्त उच्च मानिन्छ।

यो सबै अमेरिका र चीन बीचको वृहद्  ‘प्रविधि युद्ध’ को हिस्सा हो, जसमा अमेरिकाले चीनको प्राविधिक विकासलाई बाधा पुर्‍याउने र विश्वव्यापी प्राविधिक विकासमा नेतृत्वदायी भूमिका खेल्नबाट रोक्ने लक्ष्य राखेको छ।

सन् २०२० मा, ट्रम्प प्रशासनले चिनियाँ विशाल प्रविधि कम्पनी हुवावेमाथि कठोर प्रतिबन्धहरू लगाएको थियो। यी प्रतिबन्ध उक्त कम्पनीलाई टीएसएमसीबाट अलग गर्न रचना गरिएको थियो, हुवावे फाइभ–जीको पूर्वाधारसम्बन्धित व्यवसायका आवश्यक उच्च मूल्यका सेमीकन्डक्टर उत्पादनका लागि टीएसएमसीमा निर्भर थियो।

हुवावे  ५ जी नेटवर्क उपकरणको विश्वकै अग्रणी आपूर्तिकर्ता थियो तर अमेरिकालाई यसको चिनियाँ उत्पत्तिका कारण  सुरक्षा जोखिम पैदा गरेको डर थियो (यद्यपि यो दाबीमाथि प्रश्न उठाइएको छ)। रिपब्लिकन र डेमोक्र्याट दुवैले अन्य देशहरूलाई हुवावेका ५ जी उपकरणहरू प्रयोग गर्नबाट रोक्ने चाहना राखेकाले प्रतिबन्धहरू अझै जारी छन्।

बेलायती सरकारले सुरुमा युकेको फाइभजी नेटवर्कका केही भागहरूमा हुवावेका उपकरणहरू प्रयोग गर्ने निर्णय गरेको थियो। ट्रम्प प्रशासनको प्रतिबन्धले लन्डनलाई उक्त निर्णय उल्टाउन बाध्य तुल्यायो।

अमेरिकाको एउटा प्रमुख लक्ष्य “उदयमान र आधारभूत प्रविधिहरू” को लागि चीन वा ताइवानका आपूर्ति श्रृंखलाहरूमा निर्भरता अन्त्य गर्ने देखिएको छ, जसमा ५ जी प्रणालीहरूको लागि आवश्यक अत्याधुनिक सेमीकन्डक्टरहरू  समावेश छन्, तर भविष्यमा अन्य उन्नत प्रविधिहरू समावेश हुन सक्छन्।

पेलोसीको ताइवान भ्रमण “प्रविधि युद्ध” मा ताइवानको महत्वपूर्ण स्थान भन्दा बढी थियो। तर यसको सबैभन्दा महत्वपूर्ण कम्पनीको प्रभुत्वशाली हैसियतले यस टापुलाई नयाँ र गम्भीर भूराजनीतिक महत्व दिएको छ जसले यस टापुको पहिचानलाई लिएर अमेरिका र चीनबीच विद्यमान तनावलाई बढाउने सम्भावना छ। यसले आफ्नो सेमीकन्डक्टर आपूर्ति श्रृंखला “पहिलेको ठाउँबाट आफूकहाँ सार्न”  अमेरिकी प्रयास पनि सघन बनाएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्