२४ अंकले घट्यो नेप्से, दुई अर्बकाे कारोबार – Janadesh Daily | ePaper

२४ अंकले घट्यो नेप्से, दुई अर्बकाे कारोबार


मंगलबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से २४.८३ अङ्कले घटेर २ हजार ०४१.०६ विन्दुमा झरेको छ ।

बैंकिङ ३, विकास बैंक १०१, फाइनान्स ४७, होटल तथा पर्यटन २४, जलविद्युत् ७९, जीवन बीमा ८६, उत्पादन ९८, माइक्रोफाइनान्स ५९, निर्जीवन बीमा १४२, अन्य १० र ब्यापार ३८ अंक घटेको छ ।

आज समग्र बजार ओरालो लागे अपर हेवाखोला हाइड्रोको सेयर ९.९९ प्रतिशतले बढेको छ । यस्तै, सबैभन्दा धेरै युनिलिभर नेपालको सेयर साढे ५ प्रतिशत धेरैले घटेको छ ।

यस दिन २२१ कम्पनीको ६४ लाख कित्ता सेयर दुई अर्ब ७३ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्