आजको मौसमः प्रदेश १ र वाग्मती प्रदेशमा वर्षाको सम्भावना, अन्य प्रदेशको कस्तो ? – Janadesh Daily | ePaper

आजको मौसमः प्रदेश १ र वाग्मती प्रदेशमा वर्षाको सम्भावना, अन्य प्रदेशको कस्तो ?


जनादेश वाच।

आज देशभर सामान्यदेखि आंशिक बदली रहने भएको छ । प्रदेश १ र वाग्मती प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १ मा सामान्य बदली रही देशका पहाडी भूभागमा आंशिक बदली रहने छ ।

प्रदेश १ र वाग्मती प्रदेशमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ । साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

अहिले प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्