रुसले कब्जा गरेको क्रिमियाको हतियार केन्द्रमा विष्फोट, युक्रेनी आक्रमणको आशंका – Janadesh Daily | ePaper

रुसले कब्जा गरेको क्रिमियाको हतियार केन्द्रमा विष्फोट, युक्रेनी आक्रमणको आशंका


जनादेश अन्तर्राष्ट्रिय अपडेट।

रुसले कब्जा गरेको क्रिमियाको अर्को हतियार भण्डारण केन्द्रमा पनि ठूलो विष्फोट भएको छ । क्रिमियामा रहेको रुसी सैन्य आधार शिविरमा युक्रेनी आक्रमण भएको एक सातापछि अर्को सैन्य केन्द्रमा रहेको हतियार भण्डारण केन्द्रमा शृङ्खलाबद्ध विस्फोट भएको हो । सामाजिक सञ्जालमा शेयर भएका भिडियोमा हतियार भण्डारण केन्द्रमा निकै बेरसम्म कयौं विष्फोट भएको देखिन्छ ।

गत हप्ता क्रिमियाको तटमा रहेको ब्ल्याक सी बेसमा रुसी लडाकु विमानहरू ध्वस्त भएका थिए। रुसले यो विष्फोट युक्रेनल गराएको आरोप लगाएको छ । तर युक्रेनले त्यो आक्रमणलाई सार्वजनिक रूपमा स्वीकार गरेको छैन । युक्रेनी राष्ट्रपति कार्यालयका सल्लाहकार मिखाइलो पोडोल्याकले पछिल्लो घटनामा युक्रेनको हात नरहेको बताएपनि यस्ता घटना अपेक्षित नै रहेको बताएका छन्।

रुसले मंगलबारको आक्रमणबारे कुनै जानकारी दिएको छैन । युक्रेनको उत्तर-पूर्वी सीमानाबाट करिब १०० किलोमिटर टाढा रहेको कुर्चाटोभ आक्रमण भएको हो ।

मस्कोको रक्षा मन्त्रालयले कुनै “गम्भीर” हताहत नभएको बताएको छ, तर रुसी-नियुक्त क्षेत्रीय प्रमुख सर्गेई अक्स्योनोभले घटनास्थलको भ्रमण गरेर २ हजार मानिसहरूलाई नजिकैको गाउँबाट सारिएको र दुई जना घाइते भएको बताएका छन्।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्