प्रचण्डलाई भेटेरे हर्क साम्पाङले के भने ! – Janadesh Daily | ePaper

प्रचण्डलाई भेटेरे हर्क साम्पाङले के भने !


जनादेश वाच।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाले मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। प्रचण्डको निवास खुमलटार पुगेर मेयर साम्पाङले भेट गरेका हुन्। प्रचण्डले साम्पाङ र बेघा दुवैलाई खादा लगाइदिएर त्यहाँ स्वागत गरे।

त्यसक्रममा साम्पाङले प्रचण्डलाई धरानको खानेपानी संकट टार्न भइरहेको प्रयासबारे जानकारी दिँदै सर्दु खोलामा श्रमदान गर्न निम्तो पनि दिएका छन्। धरानको विकासका लागि आवश्यक बजेटसहितका माग लिएर काठमाडौं आएका दुवैजना अहिले राजनीतिक भेटमा जुटेका छन्।

खुमलटारको भेटपछि हर्कले सामाजिक सञ्जालमार्फत आफूले प्रचण्डलाई सर्दुखोलामा श्रमदानका लागि निम्तो दिएको बताएका छन्। ‘आज प्रचण्डसँग भेट भयो। मैले उहाँलाई सर्दु खोलामा श्रमदान गर्न आउने निम्तो दिएँ’, उनले भनेका छन्, ‘उहाँले ‘हुन्छ’ भन्नु भो!हेरौँ कहिले आउनु हुन्छ?’

स्वतन्त्र उम्मेदवार हर्क गत वैशाख ३० गते मेयरमा निर्वाचित भएपछि उपमेयर बेघाको पनि साथ लिएर धरानको खानेपानी संकट टार्न जुटिरहेका छन्। धरानको पानी संकट सप्तकोसीबाट लगेपछि सधैँलाई टार्न सकिने योजनामा रहेका उनी अहिलेलाई तत्कालीन समस्या समाधानको खोजीमा छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्