प्रचण्डको चिन्ताः माओवादी धेरै बिग्रेको छ, चरित्रमा नराम्रोसँग स्खलन आएको छ – Janadesh Daily | ePaper

प्रचण्डको चिन्ताः माओवादी धेरै बिग्रेको छ, चरित्रमा नराम्रोसँग स्खलन आएको छ


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी बिग्रेको बताएका छन्। शहीद रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीमा व्यक्ति बादी चरित्र हाबी हुँदै गएका कारण चरित्रमा नराम्रोसँग स्खलन आएको बताएका हुन्।

उनले पार्टी धेरै बिग्रेका कारण क्रान्तिकारी नभएको समेत बताए। कुनै समय पार्टी सानो भएपनि निष्ठा भएको तर अहिले निष्ठा र इमान्दारिता हराउँदै गएको अध्यक्ष दाहालको भनाइ छ।

‘त्यो बेला सानो थियो, निष्ठावान् थियो। तर, अहिले हाम्रो पार्टी धेरै बिग्रेको छ, हामी क्रान्तिकारी छैनौँ। हामी व्यक्तिवादी भएका छौँ, आत्मकेन्द्रित भएका छौँ। हामी स्वार्थ समूह बनाउनेतिर लागेका छौँ। यसले पार्टीको चरित्रमा नराम्रोसँग स्कलन आएको छ ’, उनले भने।

अध्यक्ष दाहालले पार्टीको दस्तावेजमा क्रान्तिकारी उल्लेख गरे पनि त्यो व्यवहारमा आउन नसकेको उल्लेख गरे। ‘क्रान्तिकारी पार्टी बनाउने भन्ने कुरा विचारमा, किताबमा र दस्तावेजमा छ। हाम्रो दैनिकी क्रान्तिकारी छैन। हाम्रो भनाइ र गराइमा फरक भइरहेको छ’, उनले भने।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्