सेनिटाइजर सेवन गर्दा अमेरिकाका दुई राज्यमा ४ जनाको मृत्यु – Janadesh Daily | ePaper

सेनिटाइजर सेवन गर्दा अमेरिकाका दुई राज्यमा ४ जनाको मृत्यु


एजेन्सी ।

मदिरायुक्त ह्यान्ड सेनिटाइजर सेवन गर्दा अमेरिकाका दुई राज्यमा ४ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसको संक्तमण रोक्न प्रभावकारी मानिएको ह्यान्ड सेनिटाइजर कोरोना महामारीले गर्दा जनजीवनमा विषाणु मुक्त पार्न ब्यापक प्रयोग भइरहेको छ ।

स्वास्थ्य अधिकारीहरुले यहै हप्ता मात्रै गन मे र जुनमा ह्यान्ड सेनिटाइजर पिउनाले एरिजोना र न्यु मेक्सिकोमा १५ वयस्कको शरीरमा विषादी फैलिएको जानकारी दिएका थिए । ती मध्य ४ जनाको मृत्यु भएको र अन्य तीन जना दृष्टि सम्बन्धी समस्या भोग्नु परेको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ । ती सबैले सेनिटाइजर सेवन गरेका थिए, जसमा मेथनोल वा वुड अल्कोहलको मिश्रण थियो । वैध सेनेटाइजरमा किटाणु मार्न प्रमुख सामाग्रीमा इथाइल अल्कोहलको प्रयोग हुन्छ, जसलाई सेवन गर्न सकिन्छ तर केही कम्पनीले त्यसको सट्टा विशाक्त मेथानोलको प्रयोग गरिरहेका छन् । उक्त रसायन कुनै ठोस पदार्थ गलाउनमा प्रयोग हुने गर्छ ।

अमेरिकी खाद्य तथा औपाधी प्रशासनले जुनमा मेक्सिकोमा बन्ने ह्यान्ड सेनिटाइजर जेललाई लिएर त्यसमा बढी मात्रामा मेथानोल प्रयोग भइरहेकोमा सचेत गराएको थियो । त्यसपछि एफडीएले लगातार यस प्रकारका उत्पादनको सुची तयार पारेको थियो । एफडीएले मेथानोलको प्रयोग भएका थुप्रै सेनिटाइजरको पहिचान गरिएको थियो र निर्माता तथा वितरकहरुले त्यसलाई अमेरिकाबाट फिर्ता गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्