सरोज प्रजा र बिना राउत अभिनित लौन गारो भो सार्वजनिक (भिडियो सहित) – Janadesh Daily | ePaper

सरोज प्रजा र बिना राउत अभिनित लौन गारो भो सार्वजनिक (भिडियो सहित)


काठमाडौं । पछिल्लो पुस्तामाझ लोकप्रिय मोडलको छवि बनाएका सरोज प्रजाको साथमा बिना राउत, रोशन पाण्डे, सिर्जना चन्द र दिनेश दर्जी अभिनित मनोरञ्जक गीतको भिडियो सार्वजनिक भएको छ । डा. आदित्य जोशीको शब्द तथा कर्ण संज्यालको संगीतमा लौन गारो भो बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा रचना रिमाल र गीतकारसमेत रहेका आदित्य जोशीको स्वर रहेको छ भने केशव बडुको एरेञ्ज रहेको छ । संगीतकार संज्यालले नै गीतको रेकर्डिङ गरेका हुन् । एक्सन स्टुडियो नेपालमा रेकर्डिङ गरिएको गीतको मिक्सिङ र मास्टरिङ गोविन्द सोनीले गरेका छन् ।

श्रृंगारिक, हाँस्य र नृत्यलाई प्राथमिकतामा राखेर कथात्मक शैलीमा निर्माण गरिएको भिडियोलाई रोमाञ्चक तरिकाले निर्माण गरिएको छ ।

दुर्गा वान्तवा राईले निर्देशन गरेको भिडियोमा सरोज प्रजाको कोरियोग्राफी, मनोज राई र निर्देशक राईको छायाँकन तथा मनोज राईको सम्पादन रहेको छ ।

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस्
https://youtu.be/IeL-MHWI3OI

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्