काठमाडौं ३ मा कुलमानको चर्चाः हरिबंशले दिए शुभकामना – Janadesh Daily | ePaper

काठमाडौं ३ मा कुलमानको चर्चाः हरिबंशले दिए शुभकामना



काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं ३ बाट उम्मेदवार बनाउने चर्चा चलेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बधाई र शुभकामना पाउन थालेका छन् । यसै मेसोमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले घिसिङ आउँदो प्रतिनिधि सभा निर्वाचनमा चुनाव लड्न लागेको भन्दै शुभकामना दिएका छन्।

काठमाडौंमा शुक्रबार राति आयोजना गरेको एक कार्यक्रममा बोल्दै आचार्यले घिसिङलाई शुभकामना दिएका हुन्। कुलमानले प्राधिकरणको नेतृत्व गर्दा विद्युत व्यापार गरिरहेको र काम प्रशंसायोग्य भएको उनले बताए।

उनले विद्युत क्षेत्रमा भएको उपलब्धी घिसिङका कारण सम्भव भएको भन्दै राम्रो व्यक्तिलाई सबैले आफूतिर लैजाने गरेको पनि बताए। उनले नेकपा (माओवादी केन्द्र) ले काठमाडौंबाट आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनाउन लागेको भन्ने चर्चाप्रति इंगित गर्दै आचार्यले शुभकामना व्यक्त गरेका हुन्। ‘कुलमान सरलाई विद्युत प्राधिकरणमा पुनः नियुक्ति गर्नुपर्छ भनेर फेसबुकमा नै स्टाटस लेखेर राखेका थियौं। त्यसमा यति धेरै फिडब्याक आयो, उहाँ जस्तो मानिस चाहिन्छ भनेर,’ आचार्यले भने, ‘राम्रो मान्छेलाई जसले पनि लैजान्छन्। लैजाने रे भन्ने हल्ला पनि सुनेका छौं हामीले। उहाँलाई शुभकामना।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्