विश्वविद्यालय तहका अनुसंधानका लागी आइसीटी ल्याब हुनु अनिवार्य छः अध्यक्ष डा. शैलेन्द्र गिरी – Janadesh Daily | ePaper

विश्वविद्यालय तहका अनुसंधानका लागी आइसीटी ल्याब हुनु अनिवार्य छः अध्यक्ष डा. शैलेन्द्र गिरी


जनादेश, काश्की । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले शैक्षिक अनुसन्धान र नविनतालाई सुव्यवस्थित अयोजना गरिएको कार्यशाला गोष्टी आज सम्पन्न भएको छ । गोष्टीमा आफ्नो मन्तव्य र अनुभव व्यक्त गर्दै नेपाल सरकारका पूर्वकार्यकारी निर्देशक एवं राप्ती ईन्जिनियरिड.कलेज दाड.का अध्यक्ष डा. शैलेन्द्र गिरीले भन्नु भयो, विश्वविद्यालय तहका अनुसंधानका लागी आइसीटी ल्याब हुनु अनिवार्य छ ।

उक्त गोष्टीमा उँहाले अगाडि भन्नु भयो, अकलेज र विश्वविद्यालयहरुले समय समयमा शिक्षक विद्यार्थीहरुलाई अनुसंधानका विभिन्न पक्षका बारेमा तालीम दिनु आवश्यक हुन्छ ।नुसंधान एउटा व्यवस्थीत अध्ययनको श्रृखला हो । यसको लागी विषयगत प्रयोगशालहरु हुन अति जरुरी छ । प्रयोगशाला र फिल्ड सर्वेबाट प्राप्त डाटाहरुलाई विश्लेषण गर्न, आवश्यक अध्ययन सामाग्री खोज्न, पढन, लेख्न र अनुसंधान प्रतिवेदन तयार गर्नको लागी आइसिटी ल्याब अनिवार्य छ । यसको साथै हरेक कलेजहरुमा ज्ञान केन्द्र, डाटा सुरक्षा र भण्डारको लागी एउटा छुटै सर्भर हुनु पर्दछ । चाँहेको बेलामा पुराना रिपोट र डाटाहरुलाई पुनः अध्ययन र प्रयोग गर्नु जरुरी हुन्छ ।

स्कुल, कलेज र विश्वविद्यालयहरुमा अनुसंधानका अनेक विद्या र विषय रहने भएता पनि विशेष गरेर एकेडेमिक अनुसंधानलाई अगाडि बढाउँदा राम्रो हुन्छ । जस्तैः विद्यार्थीहरु किन बढी फेल भई रहेकाछन ?, विद्यार्थीहरु किन पढाई छोडिरहेकाछन?, कक्षा कोठामा विद्यार्थीहरुलाई कसरी अनुसंधान मुलक शिक्षण सिकाई गर्न सकिन्छ?, फिल्ड कार्य, प्रयोगशालाको प्रयोग, साइड अवलोकनमा अनुसंधानलाई कसरी जोडेर लैजाने, स्वअध्ययनको प्राभाव कस्तो छ?, परीक्षाको तयारी कसरी गर्ने ? विद्युतीय माध्यमबाट अध्ययन सामाग्री कसरी संकलन गर्ने? संसारका राम्रा भनिएका ई-पुस्तकालयमा शिक्षक र विद्यार्थीको पौच कसरी स्थापना गर्ने ? जस्ता विद्यायहरुमा विद्यार्थीहरुको सहकार्यमा अध्ययन अगाढि बढाउँन सकिन्छ ।

कलेज र विश्वविद्यालयमा अनुसंधानको लागी प्राप्त बजेट नभएतापनि अनुसंधान सम्बन्धी कार्यशाला गोष्टी, सेमिनार, कन्फरेन्स, अनुसंधान सम्बन्धी तालीमहरु कलेजहरुको सहकार्यमा गर्न सकिन्छ । प्रयोगशालाहरुमा सहकार्य गर्न सकिन्छ । शैक्षिक जनशक्तिमा सहकार्य गर्न सकिन्छ । अनुसंधानका लागी कलेजले पनि बजेट छुट्याउँनु अनिवार्य छ । यसको साथै विश्वविद्यालय र विश्वविद्यालय अनुदान आयोगले कलेहरुलाई अनुसंधानको लागी प्रस्ताव पेश गरेअनुसारको बजेट दिनु पर्दछ अनि मात्र नेपालका शिक्षा क्षेत्रमा केही विकास हुने कुरा डा. गिरीले बताउँनु भएको छ ।

कार्यशालाको सञ्चालनमा पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका उपप्राध्यापक पूजा भण्डारी हुनुहुन्छ ।

purc4

No description available.

purc13

purce9

No description available.

No description available.

No description available.

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्