दुई हजार बढी सक्रिय सङ्क्रमित, एक सय ३० सङ्क्रमणमुक्त – Janadesh Daily | ePaper

दुई हजार बढी सक्रिय सङ्क्रमित, एक सय ३० सङ्क्रमणमुक्त


पछिल्लो समय कोरोना सङ्क्रमण विस्तारै ओरालो लाग्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त तथ्याङ्कअनुसार कोरोना भाइरसको सङ्क्रमण दर लगातार घटिरहेको छ ।

मन्त्रालयका अनुसार आज एक सय १९ जनामा सङ्क्रमण पुष्टि भएको छ । चार हजार ८४ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज एक सय ३० सङ्क्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार एक सय ९१ छ । काठमाडौँमा पाँच सय बढी, ललितपुर र चितवनमा दुई सय बढी सक्रिय सङ्क्रमित छन् भने ताप्लेजुङ, मनाङ, मुस्ताङ, अर्घाखाँची, हुम्ला, डोल्पा, मुगु, जुम्ला, बझाङ र दार्चुलामा सक्रिय सङ्क्रमित छैनन् ।

सक्रिय सङ्क्रमितमध्ये होम आइसोलेसनमा दुई हजार एक सय होम आइसोलेसनमा, ७२ संस्थागत आइसोलेसनमा, १९ आइसियुमा र एक जना भेन्टिलेटरमा उपचाररत छन् । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म १२ हजार १५ ले ज्यान गुमाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्