नेपालकी यी डान्सर बालिकालाई भेट्न चाहन्छिन् बलिउड अभिनेत्री रश्मिका मन्दाना – Janadesh Daily | ePaper

नेपालकी यी डान्सर बालिकालाई भेट्न चाहन्छिन् बलिउड अभिनेत्री रश्मिका मन्दाना


जनादेश वाच।

बलिउडकी चर्चित अभिनेत्री रश्मिका मन्दानाले आफ्नो चर्चित गीतमा डान्स गर्ने नेपाली बालिकाको भिडियो सेयर गर्दै उनीसँग भेट्न चाहेको बताएकी छन् ।

ती बालिका मकवानपुर हेटौंडाकी स्कुले विद्यार्थी भएको खुलेको छ । ‘मेड माइ डे । म यी ब्युटीफुल क्युटीलाई भेट्न चाहन्छु । कसरी भेट्न सक्छु ?’ मन्दानाले भनेकी छन् ।

ती बालिकाले नेपालमा समेत सुपरहिट भएको दक्षिण भारतीय फिल्म पुष्पा : द राइजमा समावेश गीत ‘स्वामी स्वामी’को गीतमा स्कुलमा डान्स गरेको भिडियो भाइरल भइरहेको छ ।

‘पुष्पा’को पहिलो श्रृंखलाले नेपाली बक्स अफिसमा झण्डै १० करोड रुपैयाँ ग्रस कमाइ गरेको थियो । यो फिल्मसँगै रश्मिका नेपाली दर्शकमाझ समेत चर्चित छिन् । फिल्म ‘एनिमल’मा उनले नेपाली अभिनेता विपिन कार्कीसँग काम गर्दैछिन् ।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्