११ अंकले बढ्यो सेयर बजार, ७२ करोडको कारोबार – Janadesh Daily | ePaper

११ अंकले बढ्यो सेयर बजार, ७२ करोडको कारोबार


बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ११.२२ अंकले बढेर एक हजार ८४८.८२ अंकमा पुगेको छ ।

आज म्युचुअल फन्ड बाहेक सबै उपसूचकमा हरियाली छाएको छ । आज सबै भन्दा धेरै साम्लिङ पावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि विन नेपाल लघुवित्त वित्तीयको सेयर भने तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

यस दिन २२६ कम्पनीको २५ लाख कित्ता सेयर ७२ करोड १२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ३८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्