बालेनको प्रश्नः खोलालाई खोला प्रमाणित गर्न नसक्ने अदालतले देशबारे के गर्ला – Janadesh Daily | ePaper

बालेनको प्रश्नः खोलालाई खोला प्रमाणित गर्न नसक्ने अदालतले देशबारे के गर्ला


जनादेश वाच।

उच्च अदालत पाटनले बुधवार हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना तत्काल नभत्काउन आदेश दिएसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अदालतलाई प्रश्न गरेका छन् ।

मेयर शाहले अदालतले यस्तो आदेश दिएसँगै बुधबार साँझ सामाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन् । ‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ, अदालतले टुकुचा( इछुमती ) नदीलाई खोला भन्न सक्दैन भने, नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?’ बालेनले प्रश्न गरेका छन् ।

बुधवार न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले २१ थान मुद्दाको एकै पटक सुनुवाइ गर्दै असोज २६ गतेसम्म हात्तीसार क्षेत्रका ती संरचनामा कुनै काम क्षति नपुर्‍याउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

अदालतको यो आदेशसँगै काठमाडौं महानगरपालिकाको टुकुचा खोला खोज्ने अभियान असोज २६ गतेसम्म रोकिने भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्