विप्लव समूहको निष्कर्षः यस पटकको चुनाव पनि वहिस्कार ! – Janadesh Daily | ePaper

विप्लव समूहको निष्कर्षः यस पटकको चुनाव पनि वहिस्कार !


नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गते हुने चुनाव बहिष्कार गर्ने भएको छ । पार्टीभित्र चुनावमा भाग लिनेरनलिनेमा दुई धार भए पनि अन्तिममा विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको हो ।

सरकारले चुनावमा जाने वातावरण नबनाएकाले बहिष्कार गरिने एक केन्द्रीय सदस्यले बताए । ‘हामी चुनावलाई उपयोग गर्नुपर्छ भन्नेमा थियौ । सरकारले कहिले पक्राउ पुर्जी जारी गरेर धम्क्याउँछ । कहिले बन्दी रिहा र मुद्दा फिर्ता नगरेर सताउँछ’ उनले जनादेशलाई भने, ‘अब हामी चुनावमा भाग नलिने निर्णयमा पुग्यौ ।’

गत वैशाख ३० गतेको स्थानीय चुनावमा भने उक्त पार्टीले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनमा भाग लिएको थियो । उक्त चुनावमा राम्रो नतिजा नआएपछि प्रदेश र संघको चुनाव बहिस्कार गरेको सो पार्टीले जानकारी दिएको छ । सरकारले गत साउनमा विप्लवसहित शीर्ष नेताहरुलाई पक्राउ पुर्जी जारी गरेपछि असोज १ गतेदेखि गर्ने भनिएको नवौं महाधिवेशन समेत प्रभावित भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्