मकवानपुरको जुरिखेतमा बस दुर्घटना: १८ जना घाइते, सातको मृत्यु – Janadesh Daily | ePaper

मकवानपुरको जुरिखेतमा बस दुर्घटना: १८ जना घाइते, सातको मृत्यु


हेटौँडा। मकवानपुरको भीमफेदी गाउँपालिका –६ स्थित जुरिखेतमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । काठमाडौंबाट हेटौँडा आउदैगरेको ना ३ ख ७८५८ नं. को मिनीबस बिहीबार दिउँसो जुरिखेतको घुम्तीमा दुर्घटना भएको हो ।

दुर्घटना परी ६ जनाको घटनास्थलमा र एक जनाको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी घाइते भएका १८ जनाको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्र र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस काठमाडौंबाट वीरगन्जका लागि छुटेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि अस्पताल लगिएको स्थानीयले बताएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्