रुकुमपूर्वमा बस दुर्घटना : आमा-छोरासहित छ जनाको मृत्यु – Janadesh Daily | ePaper

रुकुमपूर्वमा बस दुर्घटना : आमा-छोरासहित छ जनाको मृत्यु


जयमान बुढा मगर,

रुकुमपूर्व ।  रुकुमपूर्वमा बस दुर्घटना हुँदा एक घरका दुईसहित ६ जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा बस दुर्घटना भएको हो।

दुर्घटनास्थलमा तीन र रुकुमपूर्व अस्पताल ल्याउने क्रममा तीन गरेर दुर्घटनामा मृत्यु हुनेको संख्या छ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो। जिल्लाकै सिस्ने गाउँपालिका–६ का ४० वर्षीया लक्ष्मी खड्कासहित उनका दुई छोराको मृत्यु भएको डीएसपी डाँगीले जानकारी दिनुभयो। खड्काका छोरा दुई वर्षीय सिजन खड्का र छ वर्षीय साइमन खड्काको मृत्यु भएको हो।

यसैगरी बस चालक रामेछापका २६ वर्षीय लिलाम श्रेष्ठ, रुकुमपूर्व भूमे गाउँपालिका–५ का २३ वर्षीय कहिमान बुढा, जिल्लाकै पुथाउत्तरगङ्गा गाउँपालिका–८ का ३५ वर्षीय पूर्णबहादुर बुढाको मृत्यु भएको डीएसपी डाँगीले जानकारी दिनुभयो।

काठमाडौंदेखि रुकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बसमा १७ जना सवार रहेको प्रहरीले जनाएको छ। चार जना गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् बाँकेको कोहलपुर मेडिकलमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो। घाइते सात जनाको रुकुमपूर्व अस्पतालमै उपचार भइरहेको छ। यो समाचार गोरखापत्रमा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्