अनुमति नलिई कर्मचारी सरुवा नगर्न निर्वाचन आयोगको निर्देशन – Janadesh Daily | ePaper

अनुमति नलिई कर्मचारी सरुवा नगर्न निर्वाचन आयोगको निर्देशन


काठमाडौं। निर्वाचन आयोगले अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न नगराउन सरकारलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले बिहीबार विज्ञप्ति जारी गर्नुहुँदै सो निर्देशन गर्नुभएको हो ।

सरुवा भइसकेका कर्मचारीलाई रमाना दिई असोज ९ गतेभित्र सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न पनि आयोगले सरकारलाई निर्देशन गरेको छ । आयोगले बिहीबारदेखि अस्थायी मतदाता नामावलीमा कर्मचारीहरुको नाम समावेश गर्ने प्रक्रिया प्रारम्भ गरेकाले कर्मचारी सरुवा हुँदा लगत लिन समस्या हुने आयोगको भनाइ छ ।

प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिंदा अस्थायी मतदाता नामावली संकलनको काममा बाधा उत्पन्न हुने देखिन्छ । यसले समग्र निर्वाचन व्यवस्थापनमा समेत प्रतिकुल प्रभाव पार्छ ।”

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्