लुम्बिनी प्रदेश कै उत्कृट राप्ती ईञ्जिनियरिङ कलेज – Janadesh Daily | ePaper

लुम्बिनी प्रदेश कै उत्कृट राप्ती ईञ्जिनियरिङ कलेज


“प्राविधिक शिक्षाको दिगोपनका लागि राज्यले रोजगारी अवसर सिर्जना गर्नु पर्दछ ।”


देशभित्र र देश बाहिर आवश्यक पर्ने आधारभूत, मध्यम तथा उच्चस्तरीय सिपयुक्त दक्ष प्राविधिक जनशक्ति उत्पादन र रोजगारी सिर्जना गराउने उद्देश्यका साथमा २०११ मा स्थापना भएको लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित राप्ती ईञ्जिनियरिङ कलेजका व्यवस्थापन समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राज्ञिक व्यक्तित्व डा.भीमसेन गिरीसंग गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति निर्माणमा कलेजले पारेको सकारात्मक प्रभाव र भावी योजनाका बारेमा जनादेश सम्वाददातले गर्नुभएको कुराकानीको सम्पादित अंशः

दाड. जिल्लामा प्रविधिक शिक्षालाई अगाडि बढाउने गरी प्राविधिक कलेजको अवधारणा, सोचकसरी विकास भयो ?

समाजको विकास, विस्तार र रुपान्तरण गर्ने मुख्य कुरा प्राविधिक शिक्षाले नै हो । तयतिबेला साविक मध्यपश्चिम विकास क्षेत्र अन्तर्गत राप्ती अञ्चलमा विशेषगरी प्राविधिक शिक्षा प्रदान गर्ने प्राविधिक कलेजहरुको संख्या निकै कम थियो । साथै इ तर्फ उच्च शिक्षा प्रदान गर्ने कलेज नै थिएनन् । यस अवस्थामा यहाँको शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक, जीवनस्तर उच्च राख्नुकासाथै यो क्षेत्रको भौतिक पूर्वाधारविकास गर्नका लागि आधारभुत, मध्यम र उच्च स्तरीय दक्ष प्राविधिक जनशक्तिको आवश्यकता हामीले महसुस गर्यौ।

प्राविधिक जनशक्ति उत्पादन र परिपूर्ति, रोजगारीको अवसर सिर्जना गर्न आर्थिक समुन्ति र जनताको जीवनस्तर परिर्वनका गर्न लागि कलेजको स्थापना गरिएको हो । हाम्रो शिक्षा सीपमुलक र रोजगारमुखी नभएको कारण बेरोजगारी समस्या समाजमा व्याप्त छ नै। सैद्धान्तिक शिक्षा आर्जन गरेर मात्र रोजगारीको अवसरहरु श्रृजना नहुने अवस्था हामीसबैले लामो समयदेखि भोग्दै आएका थियौ र अहिले पनि छौ । हामले सैद्धान्तिक ज्ञान सहितको सीपमुलक शिक्षामा जोड दिनुपर्छ भन्ने सोच्यौं । सीपमुलक शिक्षा आर्जन भएमा रोजगारीबाट विमुख हुनुपर्दैन भन्ने सोचले नै २०११ मा राप्ती ईञ्जिनियरिङ कलेजको स्थापना गरिएको हो ।

कलेजको भौतिक पुर्वाधार र प्राविधिक पूर्वाधारको साथै शिक्षण सिकाई प्रक्रियाका लागि आवश्यक पर्ने स्रोत साधनको अवस्था कस्तो छ ?

घोराही उपमहानगरपालिका वडा नं १६ स्थित सानीअम्बापुरमा कलेजको आफ्नै १ विगाहा क्षेत्रफलमा फैलिएको जग्गामा निर्माण भएका भौतिक संरचमनामा कलेज संचालन भइरहेको छ ।कलेजमा विद्यार्थीहरुलाई शिक्षण सिकाईका लागि आवश्यक पर्ने कक्षा कोठा, विषयगत ल्यावहरु लाईव्ररी, प्रशासनिक भवन, वर्कसप र क्यान्टिनका लागि छुट्टाछुट्टै भवनको व्यवस्था गरिएको छ । कलेजमा आधुनिक सचना प्रविधि ल्याव रहेको छ ।विद्यार्थीहरुको चाहाना अनुसार बास्केटबल, भलिबल, टिटि, व्याटमिन्टन कोड लगायतका खेलकुद सम्बन्धी सामग्री तथा संरचनाहरु हामीले कलेज परिसरमै व्यवस्था गरेका छौ ।

विद्यार्थीहरुको सुबिधाका लागि कलेज बसको समेत व्यवस्था गरेका छौ, भने हामीसँग व्यवस्थित पुस्तकालय छ । विद्यार्थीहरुको सुरक्षाको लागि सिसि क्यामरा समेत जडान गरिएको छ । शिक्षण सिकाइमा कम्प्युटर र सुचना प्रविधिको प्रयोग गरेर अध्यापन गराइन्छ । जसको कारण विद्यार्थीहरुले सजिलोसंग विषयवस्तुको ज्ञान प्राप्त गर्न सक्छन् । हरेक कक्षा प्रोजेक्टरको व्यवस्था मिलाएको छ । अनुसन्धानमा आधारित शैक्षिक क्रियाकलापलाई कलेजले जोड दिएको छ । भौतिक पूर्वाधारको हिसाबले कलेज लुम्बिनी प्रदेशकै उत्कृष्ट कलेज अन्तर्गत पर्दछ ।

त्यस्तै कलेजको शैक्षिक कार्यलाई व्यवस्थित बनाउने उद्देश्यले विभिन्न शाखाहरु निर्माण गरिएको छ । प्रशासनिक कार्यलाई व्यवस्थित गर्न विभिन्न समितिहरु पनि गठन गरिएको छ । कलेजमा रेक अनुसंधान तथा विकास केन्द्र, आइटी क्लव, सिभिल क्लव, सचना तथा साहित्यिक मञ्च, रेक स्वतन्त्र विद्यार्थी युनियन, लायन्स क्लव अफ राप्ती इञ्जिनियरिङ समेत रहेका छन् ।

राप्ती ईञ्जिनियरिङ कलेजमा संञ्चालित कार्यक्रमबाट उत्पादित जनशक्तिको रोजगारको अवस्था कस्तो पाउनु भएको छ ?

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानोठिमी भक्तपुरबाट २०६५ सम्बन्धन प्राप्त गरी डिप्लोमा इन कम्प्युटर ईञ्जिनियर कार्यक्रम संचालन भएको हो । कलेजले २०६६ सालमा पोखरा विश्वविद्यालयबाट २०६६ सालमा पोखरा पोखरा विश्वविद्यालयबाट विसिए कार्यक्रम र २०६८ सालमा थप कार्यक्रम विई सिभिल र विई ईलेक्ट्रिकल एण्ड कम्यूनिकेशन सम्बन्धन प्राप्त गरी संचालन गरिरहेको छ । कलेजले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानोठिमी भक्तपुरबाट २०७१ मा १८ महिने प्रि– डिप्लोमा इन सिभिल, इलेक्ट्रिकल, सर्वे (अमिन) इञ्जिनियरिङ जस्ता कार्यक्रम सम्बन्धन प्राप्त भई कलेज सञ्चालनमा रहेका छन । हाल सम्म कलेजमा डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ तर्फ ५३५ जना १८ महिने प्रि– डिप्लोमा इन सिभिलमा २०८ जना इलेक्ट्रिकल १५४ जना सर्वे (अमिन) २०८, विसिए तर्फ १३२ र सिभिल इञ्जिनियरिङमा ४२३ जनाले अध्यापन गरेका छन ।

कलेजबाट उत्पादित भएको जनशक्तिको अवस्था अत्यन्तै राम्रो रहेको छ । नेपाल सरकार अन्तर्गत संघ, प्रदेश र स्थानीय तहमा लोक सेवा उर्तीण गरी सरकारी सेवामा प्रवेश गरेका छन । सरकारी कलेज, आंगिक कलेज सरकारी विद्यालय, निजी विद्यालय, भुमी आयोगमा, प्राईभेट कन्सल्याटेन्सी तथा गैर सरकारी निकायमा समेत कार्यरक्त रहेको छन् । केही उत्पादित जनशक्तिले स्वरोजगार संचालन गरेका छन । उत्पादित जनशक्ति मध्ये ९० प्रतिशत रोजगारीको अवसर प्राप्त गरेका छन् । लोक सेवाको अमिन पदमा संघ , प्रदेश र स्थानीय तह, नेपाल प्रहरी, सेनामा नाम निकाल्ने मध्येमा यस राप्ती कलेजमा अध्यापन गरेका नै रहेका छन् ।

प्राविधिक शिक्षाको दिगोपनको लागि राज्यको भूकिा के हुनु पर्दछ ?

पछिल्लो समयका राज्यले प्राविधिक शिक्षा विस्तार गर्ने नाममा शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार कमजोर रहेका विद्यालयमा समेत अनुमति दिदाँ र शैक्षिक क्रियाकलाप ,प्रयोगात्मक अभ्यास र विद्यालयको नतिजा राम्रो नहुँदा विद्यार्थी तथा अभिभावकमा प्राविधिक शिक्षाप्रति नै नकारात्मक प्रभाव परिरहेको छ । सरकारले प्रत्येक पालिका–पालिकामा उत्कृष्ठ विद्यालय छनोट गर्ने वा कक्षा ९ देखि १२ कक्षा सम्मको प्राविधिक शिक्षालाई विद्यालयमा अध्यापन गराइ गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गरेर दक्ष जनशक्ति उत्पादन गर्ने र ती उत्पादित जनशक्तिलाई रोजगारीको अवसर सिर्जना गर्ने कार्य राज्यले गर्ने हो भने प्राविधिक शिक्षामा दिगोपन आउँन सक्छ । अर्कोतर्फ निजी क्षेत्रमा संचालनमा भईरहेका प्राविधिक शिक्षालयहरुलाई राज्यले भौतिक पूर्वाधारमा सहयोग गर्ने नीति बनाउनु पर्दछ । सरकारी विद्यालयलाई माध्यामिक तहको शिक्षा सुधारमै ध्यान दिन लगाउनु पर्दछ । सरकारी विद्यालयबाट राम्रो विद्यार्थी प्राविधिक शिक्षा अध्यापन गर्न आएमा उसले कक्षा छोडन अवस्था आउँदैन । शिक्षामा दिगोपन रहन सक्छ

कलेजका आगामी योजना र कार्यक्रमहरु कस्ता कस्ता रहेका छन् र?

लुम्बिनी प्रदेशमा सबै भन्दा बढी प्राविधिक विषयका कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्यका लागि कलेजले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानोठिमी भक्तपुरबाट ३ वर्षे सिभिल ईलेक्ट्रिकल, आक्टिक्चर बाली विज्ञान र वन विज्ञान कार्यक्रमलका लागि प्रस्तावना पेश गरी सम्भाव्यता अध्ययन समेत भएको छ र निकट भविष्यमा यी कार्यक्रमहरु संचालन हुनेछन । यसैगरी पोखरा विश्वविद्यालयबाट वि।ई कम्प्यूटर, मास्टर अफ साइन्स इन कस्ट्रक्सन म्यानेजमेन्ट सञ्चालनका लागि पनि प्रस्तावना पेश गर्ने तयारीमा छौ ।

अनुसन्धानमा आधारित गुणस्तरीय सीपमुलक प्राविधिक शिक्षामा हाम्रो जोड छ। गुणस्तरीय शिक्षा प्रदान गर्ने, आत्मअनुशासीत रोजगार र स्वरोजगार बन्न सक्ने, सामाजिक दायित्व लिन सक्ने जनशक्ति उत्पादन गर्ने र  सीपयुक्त दक्ष जनशक्ति निर्माण गरेर राष्ट्रको विकास निर्माण र समृद्धिमा सहभागी हुन सक्ने दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्नु हाम्रो उद्देश्य रहेको छ ।

प्रविधिसँग सम्बन्धित रोजगार मुलक जीवनोपयोगी र समाजोपयोगी खोज अनुसन्धानलाई अगाडि बढाउने विद्यार्थीहरुलाई प्राविधिक ज्ञानका साथ व्यवहारिक ज्ञान समेत सिकाई आचारण परिवर्तन ल्याउने ,र्सिजनात्मक क्षमताको विकास गराउने, सीपको अभिवृद्धिमा जोड दिन यस कलेजलाई सुविधा सम्पन्न कलेजको रुपमा विकास गरी लैजाने आगामी लक्ष्य रहेकाछन्।

जनादेश मार्फत थपकुरा केही भन्नु छ कि?

प्रश्नका लागी धन्यवाद । राप्ती ईञ्जिनियरिङ कलेजको स्थापनापछि दाड. जिल्ला लगाएत छिमेकी जिल्लाहरुले पनि प्रसस्त लाभ लिएकाछन् । प्रयाप्त भौतिक तथा प्राविधिक पूर्वाधार निमार्ण भईरकेको हुनाले सबैले मायाँ सद्भाव दिनुभएको छ । आगामी दिनहरुमा पनि सबैको सहयोगको अपेक्षा गर्दछु ।

यस जनादेश पत्रिका मर्फत आफ्ना कुरा र अनुभाव राख्ने समय र मौका प्रदान दिनु भयो, यसको लागी जनादेश परिवारलाई आभार व्यक्त गर्दछु साथै गौरवमय ईतिहास बोकेको यस जनादेश र्इृपत्रिकाको उत्रोत्तर प्रगति र निरन्तरताको कामना गर्दछु । धन्यवाद ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्