पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण – Janadesh Daily | ePaper

पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण


पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २०६ जनाको पीसीआर परीक्षण गर्दा ४० जना र १ हजार ८१८ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, आज थप १०० जना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृतकको संख्या भने शून्य रहेको छ ।

हाल देशभर १ हजार २२३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १ हजार १७४ जना होम आइसोलेसनमा रहेका छन् भने ४९ जना संस्थागत आइशोलेशन र ११ जना आईसीयूमा छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्