झण्डै १६ अंकले बढ्यो नेप्से, ६६ करोडको कारोबार – Janadesh Daily | ePaper

झण्डै १६ अंकले बढ्यो नेप्से, ६६ करोडको कारोबार


मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १५.९२ अंकले बढेर एक हजार ८३१.०५ विन्दुमा पुगेको छ ।

आज होटल तथा पर्यटन र म्यूचूअल फन्ड बाहेक सबै उपसमूहमा हरियाली छाएको छ । सबैभन्दा धेरै विकास बैंक समूह ५१ अंकले बढेको छ ।

यस दिन सामुदायीक लघुवित्त वित्तिय संस्थाको सेयर ९ प्रतिशत भन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि गरिमा डिबेन्चर २०८५ को सेयर भने १० प्रतिशतले घटेको छ ।

यस दिन २२९ कम्पनीको २१ लाख कित्ता सेयर ६६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी हाइड्रोको दुई करोड ८५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्