अब आइफोन १४ को उत्पादन भारतमै, चीनलाई घाटा – Janadesh Daily | ePaper

अब आइफोन १४ को उत्पादन भारतमै, चीनलाई घाटा


जनादेश अन्तर्राष्ट्रिय अपडेट।

अमेरिका र चीनबीचको व्यापारिक खिचातानीका बीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन १४ बनाउन थालिएको बताएको छ। चीनबाट आफ्नो आपूर्तिको सञ्जाल बाहिर लान खोजिरहेको समाचारबीच एप्पलले भारतमा आईफोन १४ बनाउन थालेको हो।

चीनमा लागू गरिएको ‘शून्य कोभिड’ नीतिका कारण व्यापक लकडाउन हुँदा महामारीका बेला व्यापार पनि नराम्ररी प्रभावित भएको कारण देखाउँदै एप्पलले आफ्नो नयाँ संस्करणहरूलाई विकेन्द्रित गर्न थालेको विश्लेषकहरूले अनुमान गरेका छन्। एपलले केही साताअघि आईफोनको नयाँ संस्करण बजारमा ल्याएको थियो।

‘नयाँ आईफोन १४ मा नवीनतम प्रविधिहरू र महत्वपूर्ण सुरक्षा क्षमता छन्। हामी भारतमा आईफोन १४ उत्पादन गर्न उत्साहित छौँ,’ एपलले हालै जारी गरेको एक विज्ञप्तिमा भनिएको छ।

ताइवानमा रहेको फक्सकन कम्पनीले एप्पलका अधिकांश फोनहरू निर्माण गर्दै आएको छ। उक्त कम्पनीले दक्षिण भारतको तमिलनाडुमा सन् २०१७ देखि आईफोनका पुराना संस्करणका बनाउँदै आएको र आईफोन १४ भारतमै बनाउन थालेको हो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्