१६.२९ अंकले बढ्यो नेप्से, ६३ करोडको कारोबार – Janadesh Daily | ePaper

१६.२९ अंकले बढ्यो नेप्से, ६३ करोडको कारोबार


बिहिबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १६.२९ अंकले बढेर एक हजार ८५३.७६ विन्दुमा पुगेको छ ।

आज जीवन बिमा बाहेक अन्य उपसमूहमा हरियाली छाएको छ । सबैभन्दा धेरै माइक्रोफाइनान्स समूह ६८ अंकले बढेको छ ।

यस दिन अभियान लघुवित्त वित्तिय संस्थाको सेयर झण्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज सामलिङ पावर कम्पनीको सेयर झण्डै ८ प्रतिशतले घटेको छ ।

यस दिन २२३ कम्पनीको १७ लाख कित्ता सेयर ६३ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्