नवौँ राष्ट्रिय खेलकुदका लागि पाँचथरका १९ खेलाडी छनोट – Janadesh Daily | ePaper

नवौँ राष्ट्रिय खेलकुदका लागि पाँचथरका १९ खेलाडी छनोट


यही असोज २८ गतेदेखि गण्डकी प्रदेशमा हुन लागेको नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पाँचथरका १९ खेलाडी छनोट भएका छन् । विभिन्न १७ खेलमा सहभागी १ नं प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट १२ खेलबाट उनीहरु छनोट भएका हुन् ।

पाँचथरबाट पुरुष फुटबलमा एक, महिला फुटबलमा एक, आइटिएफ तेक्वान्दो (पुरुष) मा दुई, आइटिएफ तेक्वान्दो (महिला)मा एक, फुलकन्ट्याक्ट कराते (महिला)मा तीन, पुरुष शारीरिक सुगठनमा एक, जुडो (पुरुष) मा एक, कुस्ती (पुरुष) मा एक, कुस्ती (महिला) मा दुई, रग्बी पुरुष र महिलामा दुई–दुई तथा पुरुष बुद्धिचालमा एक खेलाडी छनोट भएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिनुभयो ।

छनोट भएका खेलाडीलाई जिल्ला खेलकुद विकास समितिले बिहीबार फिदिममा बधाई तथा शुभकामना कार्यक्रममार्फत बधाइ ज्ञापन गरेको छ । प्रदेशस्तरीय छनोट प्रतिस्पर्धामा पाँचथरले ११ स्वर्ण जितेको थियो । प्रदेश नं १ का विभिन्न जिल्लामा गत भदौ २९ गतेदेखि यही असोज ८ गतेसम्म सञ्चालित प्रदेश छनोट प्रतिस्पर्धामा पाँचथरले आइटिएफ तेक्वान्दोमा तीन, फुलकन्ट्याक्ट करातेमा तीन, कुस्तीमा तीन तथा जुडो र शारीरिक सुगठनमा एक–एक स्वर्ण पदक जितेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्