सत्यमोहनलाई भेट्दै उपराष्ट्रपति पुनको कामनाः चाँडै डिस्चार्ज हुनुहोस् – Janadesh Daily | ePaper

सत्यमोहनलाई भेट्दै उपराष्ट्रपति पुनको कामनाः चाँडै डिस्चार्ज हुनुहोस्


जनादेश, काठमाण्डौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ आज बिहान ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल पुगेर त्यहाँ उपचार गराइरहेका संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटेका छन्। उपराष्ट्रपति पुनले शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरे।

जोशीको उपचारमा संलग्न चिकित्सकहरूले उनाँको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी गराए। जसमा उपराष्ट्रपति पुनले खुसी व्यक्त गरे।

‘यहाँ राष्ट्रपिता हुनुहुन्छ। पिताको स्वास्थ्यमा आएको सुधारले म निकै खुसी भएको छु’, उपराष्ट्रपति पुनले भने, ‘यहाँ चाँडै डिस्चार्ज भएर घर फर्कनु हुने मलाई विश्वास छ।’ शताब्दी पुरुष जोशी डेंगु संक्रमण र अन्य स्वास्थ्य समस्याले किष्ट मेडिकल अस्पतालमा उपचाररत छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्