इन्डोनेसियामा फुटबल खेलमा भयानक हिंसाः १ सय २७ जनाको मृत्यु – Janadesh Daily | ePaper

इन्डोनेसियामा फुटबल खेलमा भयानक हिंसाः १ सय २७ जनाको मृत्यु


जनादेश अन्तर्राष्ट्रिय वाच।

इन्डोनेसियामा एक फुटबल खेलमा हिंसा भड्किएपछि भएको भागदौडमा कम्तीमा १ सय २७ जनाको ज्यान गएको छ । दर्जनौँ व्यक्ति घाइते भएका समाचार संस्था रोयटर्सले जनाएको छ । शनिबार राति पूर्वी जाभाको मलङ रिजेन्सीस्थित कान्जुरुहान स्टेडियममा इन्डोनेसियाको बीआरआई लिग १ को फुटबल खेलको क्रममा उक्त घटना भएको हो ।

पूर्वी इन्डोनेसियाको जाभा प्रान्तका प्रहरी प्रमुख निको अफिन्टाले अरेमा एफसी र पर्सेबाया सुराबायाबीचको खेलपछि हारेको पक्षका समर्थकहरूले मैदानमै पसेर आक्रमण गरेको बताएका छन् । हिँसा भड्किएपछि प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेको थियो ।

मैदानमै भएको हिँसामा कम्तिमा १ सय २७ जनाको ज्यान गएको र १ सय ८० जना घाइते भएका लिगले एक साताका लागि खेलहरू स्थगित गरेको छ। इन्डोनेसियाको फुटबल संघ ले राति एक विज्ञप्ति जारी गरेर घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको अनुसन्धान गर्न टोली मलङ प्रस्थान गरेको जनाएको छ । समर्थकहरूले गरेको कार्यप्रति फुटबल संघले खेद व्यक्त गर्दै पीडित परिवार र सबै पक्षहरूसँग क्षमा मागेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्