दशैंमा पनि घटेन राजनीतिको पारो, बालुवाटार बैठकअघि दुईपक्षीय र वहुपक्षीय छलफल – Janadesh Daily | ePaper

दशैंमा पनि घटेन राजनीतिको पारो, बालुवाटार बैठकअघि दुईपक्षीय र वहुपक्षीय छलफल


जनादेश, काठमाण्डौं । दशैंकाबीच पनि राजनीतिक सरगर्मी सेलाएको छैन।

सिट बाँडफाँटको टुंगो लगाउन पाँच दलीय गठबन्धनमा आन्तरिक छलफल तथा बहुपक्षीय र दुईपक्षीय बैठकहरू चलिरहेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पनि बस्ने सिट बााडफाँट कार्यदल र शीर्ष नेताको बैठकले सिट बाँडफाँटको टुंगो लगाउने बताइएको छ ।

त्यसअघि अहिले दलहरू छुट्टाछुट्टै छलफलमा जुटेका छन् । आन्तरिक तथा द्विपक्षीय छलफलमा व्यस्त रहेका दलहरुले दिउँसो संयुक्त बैठक बसेर निष्कर्षमा पुग्ने बताएका छन् । सोमबार बसेको बैठक निष्कर्षविहीन बनेपछि आज पुनः दलहरू छलफलमा जुटेका हुन् ।

सिट बाँडफाँटका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको असोज २० गते दुई महिना पुग्दै छ । गएको साउन २० गते कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वका सिट बाँडफाँटका लागि कार्यदल गठन गरिएको थियो। त्यतिबेला साउन अन्तिमसम्म सिट बाँडफाँटको टुंगो लगाउने भनिएको थियो । तर, दुई महिना पुगिसक्दा पनि गठबन्धनले भागबन्डा मिलाउन सकेको छैन ।

तर, दलहरूले आ–आफ्नो अडान नछोड्दा गठबन्धनमा सहमति जुट्न सकेको छैन । एकीकृत समाजवादी र जसपाले आफूलाई थोरै सिट दिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्