जापानमाथि उत्तर कोरियाद्वारा प्राक्षेपिक क्षेप्यास्र प्रहार – Janadesh Daily | ePaper

जापानमाथि उत्तर कोरियाद्वारा प्राक्षेपिक क्षेप्यास्र प्रहार



उत्तर कोरियाले जापानमाथि प्राक्षेपिक क्षेप्यास्र प्रहार (ब्यालेस्टिक मिसाइल) प्रहार गरेको जापानी रक्षा मन्त्रालयले सोमबार जनाएको छ । दक्षिण कोरियाले जापानी सरकारले नागरिकहरूलाई आश्रय लिन चेतावनी दिएको पुष्टि गरेको छ।

प्राक्षेपिक क्षेप्यास्र स्थानीय समय अनुसार बिहान ७:२२ मा प्रक्षेपण गरिएको थियो । बिहान ७:२९ मा जापानबाट पार भएको जापानी रक्षा मन्त्रालयले जनाएको छ।

दक्षिण कोरियाको सरकारले जापानी सरकारले नागरिकहरूलाई शरण लिन चेतावनी दिएको पुष्टि गरेको छ। क्षेप्यास्त्र जापानको माथिबाट उडेको हुनसक्छ तर क्षेप्यास्त्र समुद्रमा खसेको हो या हैन अझै थाहा नभएको जनाएको छ ।

जापानको उत्तरी छेउमा रहेको आओमोरी र होक्काइडो प्रान्तका बासिन्दाहरूलाई सतर्क रहन र भग्नावशेष देखिएमा प्रहरी वा दमकल अधिकारीहरूलाई सूचित गर्न सल्लाह दिइएको छ।

मानिसहरूलाई अधिकारीहरूले कुनै पनि भग्नावशेषलाई छुन वा नउठाउन चेतावनी दिएका छन् । जापानी प्रधानमन्त्री फुमियो किशिदाको कार्यालयले स्थितिको विश्लेषण गर्न सदस्यहरू भेला गर्न थालेको छ।

सरकारी प्रवक्ताले अहिलेसम्म कुनै क्षति नभएको र भग्नावशेषको खोजी भइरहेको बताए । अधिकारीहरूले जानकारी सङ्कलन गरिरहेका छन् भने दक्षिण कोरिया र अमेरिकामा काम गर्नेछन भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

“उत्तर कोरियाको कार्यले जापान र अन्तर्राष्ट्रिय समुदायलाई खतरामा पारेको छ,” प्रवक्ताले भने।

उनले अगाडी भने “यस प्रकारको क्षेप्यास्त्र क्षेपण संयुक्त राष्ट्र संघको प्रस्ताव विरुद्ध जान्छ। यसको बिरुद्धमा जापानले उत्तर कोरिया विरुद्ध कडा विरोध गर्नेछ। सबै नयाँ जानकारी तुरुन्तै साझा गरिनेछ।” एजेन्सी

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्