परिवारले लगाए तर प्रचण्डले यसपाली पनि लगाएनन् टीका – Janadesh Daily | ePaper

परिवारले लगाए तर प्रचण्डले यसपाली पनि लगाएनन् टीका


No description available.

जनादेश, काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले यस वर्ष पनि दशैंको टीका लगाएनन्।

परिवारका सदस्यहरु; छोरी, बुहारी, नाति–नातिनीले दशैंको टीका लगाए पनि प्रचण्डले भने टीका लगाइदिएनन्। विगतका वर्षहरुमा पनि प्रचण्डले परिवारका सदस्यलाई टीका लगाइदिने गरेका थिए। उनले आफूले भने टीका लगाउने गरेका थिएनन्।

प्रचण्डकी छोरी गंगा दाहालले सार्वजनिक गरेको फोटोमा प्रचण्डले टीका लगाएका छैनन्। भरतपुर महानगरपालिकाकी मेयर समेत रहेकी प्रचण्डपुत्री रेणु दाहाल, अर्की छोरी गंगा दाहाल, बुहारी बिना मगर लगायतले टीका लगाएको सामाजिक सञ्जालमा साझा गरिएको छ।

सशस्त्र युद्धका समयमा दशैंमा टीका नलगाए पनि पछिल्ला वर्षमा प्रचण्डको परिवारका सदस्यले दशैंको टीका लगाउने गरेका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्