पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुबा र ठूलीआमाको हातबाट लगाए टीका – Janadesh Daily | ePaper

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुबा र ठूलीआमाको हातबाट लगाए टीका



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बडा दसैंको टीका ग्रहण गरेका छन् । गृहजिल्ला झापमा रहेका ओलीले दमकस्थित आफ्नै निवासमा दसैंको टीका ग्रहण गरेका हुन् ।

झापाको दमकस्थित आफ्नै निवासमा रहेका ओलीले विजया दशमीको दिन बुधबार बुबा मोहनप्रसाद ओली र ठूली आमा हरीमाया ओलीको हातबाट बडा दसैंको टीका लगाएका हुन् । उनले पत्नी राधिका शाक्यलाई पनि बडा दसैंको टीका लगाइदिएका थिए ।

टीका लगाउन पार्टीका स्थानीय नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक दमकस्थित ओली निवास पुगेका थिए । ओलीले उनीहरूलाई टीका र प्रसाद प्रदान गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्