प्रहरी निरीक्षकमाथि जबरजस्ती करणी मुद्दा दर्ता – Janadesh Daily | ePaper

प्रहरी निरीक्षकमाथि जबरजस्ती करणी मुद्दा दर्ता


blog

धादिङ। आफू मातहतको कार्यालयमा कार्यरत महिला प्रहरी माथि जबरजस्ती करणी प्रयासमा धादिङको इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यरत प्रहरी निरीक्षक अपूर्व ढुङ्गानामाथि मुद्दा दर्ता भएको छ ।

जबरजस्ती करणी उद्योगमा पीडित पक्षको मौखिक उजुरीको आधारमा आइतबार फूलपातीको दिन बिहान ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको हो ।

लिखित उजुरी परेपछि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो । शनिबार बिहान करिब १ बजे कार्यालय परिसरभित्रै करणी प्रयास भएको उहाँको भनाइ छ ।

ढुङ्गानालाई अहिले जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ । ढुङ्गानामाथि १० महिना अघिदेखि इलाका प्रहरी कार्यालय खानीखोलामा प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो । पक्राउ परेका प्रहरी निरीक्षक ढुङ्गानामाथि थप अनुसन्धान भइरहेको डिएसपी खत्रीले बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्