नारायणगढ – मुग्लिन सडक खण्ड अवरुद्ध – Janadesh Daily | ePaper

नारायणगढ – मुग्लिन सडक खण्ड अवरुद्ध


नारायणगढ मुग्लिन सडक १४ घण्टापछि खुल्यो

नारायणगढ मुग्लिन सडकका विभिन्न ठाउँमा झरेको पहिरोका कारण अहिले सो सडक अवरुद्ध छ  । अविरल वर्षाका कारण माथिबाट पहिरो झर्दा राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्गको १७ किलो, २१ किलोलगायतका विभिन्न स्थानमा लेदो माटोसहितको पहिरो झरिरहेको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर राजीव मानन्धरले जानकारी दिनुभयो ।

वर्षा जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको छ । लेदोमाटो सहितको पहिरो अहिले पनि झरिरहेको छ । पहिरोका कारण दशैँका बेला टीका थाप्न हिँडेका यात्रुहरू अहिले बीच सडकमै अलपत्रमा परेका छन् । पानी नरोकिएसम्म पहिरो पन्छाउन कठिन छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले सडक कार्यालयसँग समन्वय गरेर सडक खुला गर्ने प्रयास भइरहेको बताउनुभयो ।

२१ किलोको पहिरो हटाई सकिएको र १७ किलोको पहिरो पनि खुला गर्ने प्रयास भइरहँदा ठूलो वर्षाले समस्या परेको पनि उहाँले जनाउनुभयो ।

अहिले राजमार्गमा पहिरो पन्छाउन लोडर, स्क्याभेटरलगायतका उपकरण परिचालन गरिएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्