गीतकार तारा अधिकारी अब भिडियो निर्देशनमा जम्दै – Janadesh Daily | ePaper

गीतकार तारा अधिकारी अब भिडियो निर्देशनमा जम्दै


काठमाडौं । सफल गीतकार तारा अधिकारीले अब भिडियो निर्देशन पनि गर्न थालेकी छन् । उनको आफ्नै शब्द रचनामा रहेको गीत ‘देऊ न माया नम्बर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यो भिडियो निर्देशन अधिकारी आफैले गरेकी हुन् ।

किशोर विश्वकर्माको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा किशोर विश्वकर्मा र सुनिता कार्कीको स्वर छ । कुमार केसीले रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरेको यो गीत फिल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।

भिडियो गीतकार तारा अधिकारीको अफिसियल युट्युब च्यानल सुनौलो तारा मोसन पिक्चर्समा अपलोड गरिएको छ । संगीतकार तथा गायक किशोर विश्वकर्मा र रोशनी कार्कीले भिडियोमा अभिनय गरेका छन् । म्युजिक भिडियोमा शिव ढकालको छाँयांकन र नहकुल खड्काको सम्पादन रहेको यो भिडियो गीतकार अधिकारीले निर्देशन गरेको दोस्रो भिडियो हो ।

गीतकारको रुपमा चर्चा कमाईसकेकी अधिकारीको अबको लक्ष्य निर्देशनमा पनि सफल हुने रहेको छ । उनले निर्देशन गरेको यो भिडियो पनि कलात्मक, नौलो स्वाद र मौलिकताले भरिएको छ ।

https://www.youtube.com/watch?v=gLv82hZFMKA

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्