थप दुई जना डेंगु सङ्क्रमितको मृत्यु – Janadesh Daily | ePaper

थप दुई जना डेंगु सङ्क्रमितको मृत्यु


blog

काठमाडौं, कात्तिक १४ गते । नेपालमा डेंगु सङ्क्रमणबाट ५४ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार २४ घण्टामा दुई जना डेंगु सङ्क्रमितको मृत्यु भएसँगै नेपालमा डेंगु सङ्क्रमित भई मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ ।

इडीसीडीका कीटजन्य रोग शाखाका प्रमुख डा.गोकर्ण दाहालका अनुसार नेपालमा सात प्रदेशका ७७ वटा जिल्लाबाट ४६ हजार ७६८ जनामा डेंगु पुष्टि भइसकेको छ ।

इडीसीडीको तथ्याङ्क अनुसार सङ्क्रमित भएका जिल्लामध्ये सबैभन्दा बढी काठमाडौंमा १३ हजार ५६६, ललितपुरमा नौ हजार २९५, मकवानपुरमा पाँच हजार ४५, भक्तपुरमा तीन हजार ९६७, दाङमा दुई हजार २०३, चितवनमा दुई हजार १८०, रुपन्देहीमा एक हजार १७९, धादिङमा एक हजार १५, काभ्रेमा ५१२ सुर्खेतमा ४८० गरी कैलालीमा ४१७ जना गरी सबैभन्दा बढी सङ्क्रमित हुने जिल्लाका राेगीकाे सङ्ख्या ३९ हजार ४३२ जनामा डेंगु पुष्टि भएको छ ।

यस्तै, प्रदेश अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी ३६ हजार ५५१, लुम्बिनी प्रदेशमा चार हजार ६५६, प्रदेश १ मा एक हजार ७९१, गण्डकी प्रदेशमा एक हजार २६६, सुदूरपश्चिम प्रदेशमा एक हजार १८५, मधेश प्रदेशमा ७६५ र कर्णाली प्रदेशमा ६६४ जनामा डेंगु पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५० हप्तामा शून्यमा झर्ने प्रक्षेपण गरेको छ । मन्त्रालयका अनुसार डेंगु ३६औं हप्तामा उच्च बिन्दुमा पुगेको थियो । मन्त्रालयका अनुसार अहिले डेंगु ४२ औं हप्तामा प्रवेश गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्