पुष्प खेतीबाट विद्यार्थी चार लाख रुपियाँ आम्दानी गर्न सफल – Janadesh Daily | ePaper

पुष्प खेतीबाट विद्यार्थी चार लाख रुपियाँ आम्दानी गर्न सफल


तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो कलेजमा अध्ययनरत विद्यार्थीले पुष्प खेतीबाट चार लाख रुपियाँ आम्दानी गरेका छन् । विद्यार्थीले प्रयोगात्मक अभ्यासअन्तर्गत पढ्दै–कमाउँदै कार्यक्रम अन्तर्गत कृषि वन विज्ञान विषय पढ्ने विद्यार्थीले पुष्प खेतीबाट सो आम्दानी गरेका हुन् ।

blog

क्याम्पसको पाँच कठ्ठा जग्गामा गरिएको खेतिबाट विद्यार्थीले चार लाख आम्दानी गरेका हुन् । विद्यार्थी सन्दीप मल्लले बजारको मागअनुसार सयपत्री र मखमलीका पुष्प पुर्‍याउन नसकिएको बताउनुभयो । बजारको माग अत्यधिक भए पनि मागअनुसार बजारमा पुष्प पुगाउन नसकिएको बताउनुभयो l

क्याम्पस प्रमुख वसन्त आचार्यले विद्यार्थीलाई किताबमा मात्रै सीमित नराखी, पढाइमा समेत टेवा पुगोस् भन्ने लक्ष्यले पुष्प व्यवसायमा जोडेको बताउनुभयो । विद्यार्थीले आफै बिरुवा उत्पादन गरेर फूलखेती गरेको शिक्षक घनश्याम केसीले जानकारी दिनुभयो । लक्ष्यअनुरूप नै पुष्प व्यवसायबाट आम्दानी भएको बताउँदै दुई लाख रुपियाँको फूल बिक्रीका लागि तयारी भएको जानकारी दिनुभयो ।

मखमली र सयपत्री फूलको विद्यार्थीले किलोमा ६ सय र प्रतिमाला दुई सय ५० रुपियाँ सम्ममा बिक्री गरेको विद्यार्थी शुभेच्छा पौडेलले जानकारी दिनुभयो । अब कलेजले विद्यार्थीलाई पुष्प खेतीसँगै अन्य कृषिजन्य वस्तुको उत्पादनमा समेत संलग्न गराइने क्याम्पसका प्रमुख वसन्त आचार्यले बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्