मस्कले बेचे चार अर्ब डलर बराबरको टेस्ला सेयर – Janadesh Daily | ePaper

मस्कले बेचे चार अर्ब डलर बराबरको टेस्ला सेयर


टेस्लाका सिइओ एलोन मस्कले आफ्नो इलेक्ट्रिक कार कम्पनीको ३.९५ अर्ब डलर बराबरको १ करोड ९५ लाख कित्ता सेयर बेचेका छन् ।

अमेरिकी सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनले मंगलबार प्रकाशित गरेको फाइलिङ अनुसार मस्कले सामाजिक सञ्जाल कम्पनी ट्वीटर मा लगानी गरेदेखि टेस्लामा आफ्नो करिब २० अर्ब डलरको सेयर बेचिसकेका छन् ।

अगस्टमा, ट्विटरको कानुनी कारबाहीले अन्ततः टेकओभरको लागि सम्झौता सील गर्नु अघि, मस्कले टेस्लाको सेयर बेचेको बताएका थिए । करिब चार अर्ब डलरको सेयर बेचिसकेका मस्कसँग हाल १३५ मिलियन टेस्ला सेयर बाँकी छ ।

हाल टेस्लाको सेयर भाउ भने घट्ने क्रममा रहेको छ । विश्वको सबै भन्दा धनाढ्य व्यक्ति बनेका मस्कको सम्पति हालसम्म २०० अर्ब डलर भन्दा तल झरिसकेको छ । मंगलबार मात्रै मस्कको नेटवर्थ १९४.८ अर्ब डलरमा झरेको छ । ट्वीटर खरिदगर्ने घोषणा गरेयता मस्कको सम्पति ७० अर्ब डलरले घटिसकेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्