नेपाली फुटबल टिमलाई हार्दिक बधाई  तथा शुभ कामना: प्रधानमन्त्री शेरबहादुर देउवा – Janadesh Daily | ePaper

नेपाली फुटबल टिमलाई हार्दिक बधाई  तथा शुभ कामना: प्रधानमन्त्री शेरबहादुर देउवा


blog

जनादेश, काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यू–१५ महिला साफ च्याम्पियनसिप उपाधि उचाल्ने नेपाली टिमलाइ बधाई दिनुभएको छ । बङ्गलादेशमा भएको  फुटबल प्रतियोगिताको उपाधि जित्ने नेपाली टिमलाई शुक्रबार ट्वीटरमार्फत् बधाई दिनुभएको हो ।

बधाई तथा शुभकामना दिनुहुँदै प्रधानमन्त्री देउवाले ट्वीटमा लेख्नुभएको छ, ‘‘साफ यू(१५ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि जित्न सफल भएकोमा नेपाली फुटबल टिमलाई हार्दिक बधाई  तथा शुभ कामना व्यक्त गर्छु।’’

बङ्गलादेशको ढाकामा शुक्रबार भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेल्दै च्याम्पियन बनेको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्